कपिलवस्तु नगरपालिकामा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरू

कपिलवस्तु, जेठ १८ गते:- कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका मा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालनमा आएको छ। आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन भएपछि मंगलबारदेखि उक्त सेवा औपचारिक रूपमा सुरु गरिएको हो।

सङ्घीय सरकारले. जेनजी आन्दोलन पछि करार कर्मचारीको दरबन्दीमा कटौती वितरणमुखी कार्यक्रममा रोक लगाए सँगै सञ्चालनमा आउन नसकेको मोबाइल स्वास्थ्य क्लिनिकको सेवालाई आवश्यक कर्मचारीको व्यवस्थापन पछि मंगलबार देखी सञ्चालनमा ल्याइएको हो ।

सेवाको शुभारम्भ नगर प्रमुख सुदिप पौडेल को स्वास्थ्य परीक्षण गरी गरिएको थियो।यसअघि २०८२ वैशाख १२ गते बुद्धिस्ट चुजी च्यारेटी फाउण्डेशनले नगरपालिकालाई सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान हस्तान्तरण गरेको थियो। फाउण्डेशनका उपाध्यक्ष युपि लिन सहितको टोलीले नगर प्रमुख पौडेललाई भ्यानको साँचो हस्तान्तरण गरेका थिए।भ्यानमार्फत सञ्चालन हुने क्लिनिकमा एमबीबीएस डाक्टर, स्टाफ नर्स र ल्याब टेक्निसियनसहितको टोली खटाइएको छ।

क्लिनिकमार्फत ६० वर्षभन्दा माथिका नागरिकहरूको ब्लड सुगर, रक्तचाप (ब्लड प्रेसर) तथा पिसाब परीक्षण गरिनेछ।१२ वडा रहेको नगरपालिकाका प्रत्येक वडामा दुई दिनका दरले सेवा सञ्चालन गरिने योजना रहेको छ। पहिलो चरणमा मंगलबार वडा नम्बर १२ को बिटुवा गाउँमा क्लिनिक सेवासञ्चालन गरिएको छ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ता ले मोबाइल स्वास्थ्य क्लिनिकमार्फत नागरिकले आफ्नै गाउँ–ठाउँमा स्वास्थ्य सेवा पाउने बताए। स्वास्थ्य सेवा पहुँच नपुगेका बस्ती तथा प्रयोगशाला सुविधा अभाव रहेका स्वास्थ्य चौकीलाई समेत यस सेवाले सहयोग पुग्ने अपेक्षा गरिएको छ।नगर प्रमुख पौडेलले फाउण्डेशनको सहयोगमा घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित क्लिनिक सञ्चालनमा ल्याइएको बताए।

कार्यविधिअनुसार ६० वर्षमाथिका नागरिक, गर्भवती महिला, दलित तथा अन्य लक्षित वर्गलाई निःशुल्क परीक्षण सेवा प्रदान गरिने जानकारी उनले दिए।

Related Posts

वृक्षारोपणविश्व वातावरण दिवसको अवसरमा श्री जनता आधारभूत विद्यालयमा बिरुवा रोपण कार्यक्रम

कपिलवस्तु, जेठ २२ गते। कपिलवस्तुको मायादेवी गाउँपालिका–२ मनखोरिया स्थित श्री जनता आधारभूत विद्यालयमा मनखोरिया वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। दलित सामाजिक विकास केन्द्र र यूनाइटेड मिशन टू नेपाल को संयुक्त…

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न

कपिलवस्तु, जेठ २२ गते:-कपिलवस्तुको मायादेवी गाउँपालिका–६, मुगाहरी स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपाल को साझेदारीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

वृक्षारोपणविश्व वातावरण दिवसको अवसरमा श्री जनता आधारभूत विद्यालयमा बिरुवा रोपण कार्यक्रम

  • By admin
  • June 5, 2026
  • 32 views
वृक्षारोपणविश्व वातावरण दिवसको अवसरमा श्री जनता आधारभूत  विद्यालयमा बिरुवा रोपण कार्यक्रम

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न

  • By admin
  • June 5, 2026
  • 29 views
नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न

अत्यधिक गर्मीका कारण यशोधरा गाउँपालिका का विद्यालय तीन दिन बन्द

  • By admin
  • June 5, 2026
  • 28 views
अत्यधिक गर्मीका कारण यशोधरा गाउँपालिका का विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण कपिलवस्तु नगरपालिकाका विद्यालय तीन दिन बन्द

  • By admin
  • June 5, 2026
  • 25 views

श्री स्वतन्त्र माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न

  • By admin
  • June 5, 2026
  • 16 views
श्री स्वतन्त्र माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न

मायादेवी पूर्ण खोप दिगोपना सुनिश्चित पालिका

  • By admin
  • June 2, 2026
  • 6 views
मायादेवी पूर्ण खोप दिगोपना सुनिश्चित पालिका