मायादेवी पूर्ण खोप दिगोपना सुनिश्चित पालिका

कपिलवस्तु, जेठ १९ गते:-कपिलवस्तुको मायादेवी गाउँपालिका जिल्लाकै सातौँ पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषित भएको छ। जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले आयोजित कार्यक्रममा पालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषणा गरेका हुन।

कार्यक्रममा समन्वय प्रमुख आचार्य, स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन केदार साहले पालिकाका अध्यक्ष बलिउद्दिन मुसलमान, उपाध्यक्ष सरस्वती यादव, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादव, स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादव र वडा अध्यक्षहरूलाई पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषणाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

सो अवसरमा अध्यक्ष बलिउद्दिन मुसलमानले पालिकामा गरिएको लाइन लिष्टिगंमा जन्मे देखी १५ महिना सम्मका १ हजार २ सय २८ र १६ देखी ५९ महिना अवधिका २ हजार ३ सय ८२ बालबालिका रहेको जनाए ।सर्वेक्षणका क्रममा खोप छुटाएका १ सय ४३ बालबालिकालाई खोपको दायरा पुरा गरे सँगै पालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषणा गर्न थालिएको उनले स्पष्ट पारे ।

पालिकाले जिल्लामा सातौँ पालिकाको रूपमा घोषणा गराउन सफल भए पनि आगामी दिनमा बालबालिका खोपमै छुट्ने लापरबाही कार्यमा सुधार गर्न आवश्यक रहेको जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले सुझाव दिए । खोप छुट्ने अवस्था आउन नदिन स्वास्थ्यकर्मी थप जिम्मेवार बन्न आवश्यक रहेको उनको भनाई थियो ।घरमै हुने प्रसूति न्यूनीकरण गर्न संस्थागत सुत्केरी, नसर्ने रोग बारे सचेतना र पोषण अवस्थाको लेखाजोखालाई गम्भीर रूपमा अगाडी बढाउन आवश्यक रहेकोमा आचार्यले जोड् दिए ।

पालिकाले पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषणाको कार्य सम्पन्न गरे सँगै अवसर र आगामी दिनमा थप निगरानी वृद्धिको चुनौती समेत थपिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादवको भनाई थियो । पालिकाले स्वास्थ्यका सूचकलाई पुरा गर्ने गरि आगामी योजनालाई अगाडी बढाउने उनले बताए ।

जन्मिए देखी १५ महिना तथा १६ देखी ५९ महिनाका बालबालिकाको लाइन लिस्ष्टिगं सँगै खोज र खोप अभियानका कारण पालिका घोषणाको कार्य सम्भव हुन सकेको मायादेवी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख महेन्द्र यादवले बताए ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका खोप फोकल पर्सन केदार साहले जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित गराउने कार्यका लागी सातौँ पालिकाको रूपमा मायादेवी गाउँपालिका घोषणाले सहयोग पुगेको बताए ।वरिष्ठ समाजसेवी लोकनाथ शर्मा, स्वास्थ्यकर्मी सरिता गुप्ता, महिला स्वास्थ्य स्वयंसेविका कमला भट्टराई लगायतले सबैको सहकार्यमा पालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषणा गर्न सफल भएको र आगामी दिनमा पनि खोप सम्बन्धित सचेतना प्रवाह गर्न सहकार्य अभिवृद्धि गरिने प्रस्ट्याए ।

Related Posts

मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २९ गते।हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका का युवा नेता फैजल खानले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। खानले…

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 15, 2026
  • 47 views
मायादेवी गाउँपालिका का युवा नेता  फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 91 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 66 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 76 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 23 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 79 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित