पकडी चोकको हाइमास्ट पोलमा च्यातिएको राष्ट्रिय झण्डा, एक महिनादेखि बेवास्ता

कपिलवस्तु, जेठ २० गते:-

कपिलवस्तुको मायादेवी गाउँपालिका अन्तर्गत पर्ने पकडी चोकमा जडान गरिएको हाइमास्ट पोलमा फहराइएको नेपालको राष्ट्रिय झण्डा करिब एक महिनादेखि च्यातिएको अवस्थामा रहेको देखिए को छ। सार्वजनिक स्थलमा रहेको राष्ट्रिय झण्डा लामो समयदेखि क्षतिग्रस्त अवस्थामा हुँदासमेत सम्बन्धित निकायले त्यसलाई फेर्न कुनै चासो नदेखाएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।

स्थानीयका अनुसार दैनिक सयौं सर्वसाधारणको आवतजावत हुने पकडी चोकमा फहराइएको झण्डा हावा र मौसमका कारण च्यातिएपछि पनि हालसम्म नयाँ झण्डा प्रतिस्थापन गरिएको छैन। यसले गाउँपालिकाको जिम्मेवारी र संवेदनशीलतामाथि प्रश्न उठाएको उनीहरूको भनाइ छ।

राष्ट्रिय झण्डा कुनै सामान्य कपडाको टुक्रा नभई राष्ट्रको स्वाभिमान, सार्वभौमिकता र राष्ट्रिय पहिचानको प्रतीक भएको भन्दै स्थानीयले यस्ता विषयमा सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताएका छन्। सार्वजनिक स्थानमा च्यातिएको राष्ट्रिय झण्डा फहरिरहनु राम्रो सन्देश होइन, एक स्थानीयले भने, “यसले राष्ट्रप्रतिको सम्मान र जिम्मेवारीबारे प्रश्न खडा गर्छ।

स्थानीयवासीले गाउँपालिकासँग राष्ट्रिय झण्डा फेर्न आवश्यक बजेटको अभाव हो कि जिम्मेवार निकायको ध्यान नपुगेको हो भन्ने प्रश्न उठाएका छन्। उनीहरूले चाँडोभन्दा चाँडो नयाँ झण्डा राखी राष्ट्रिय प्रतीकको सम्मान कायम गर्न माग गरेका छन्।

यस विषयमा गाउँपालिकाको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन। स्थानीयले भने राष्ट्रिय गौरवसँग जोडिएको विषय भएकाले सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने बताएका छन्।

Related Posts

मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २९ गते।हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका का युवा नेता फैजल खानले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। खानले…

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी गाउँपालिका का युवा नेता फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 15, 2026
  • 44 views
मायादेवी गाउँपालिका का युवा नेता  फैजल खानद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 88 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 63 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 76 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 23 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 79 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित