रास्वपा कपिलवस्तुको जिल्ला सभापतिमा शिवकुमार सुवेदी निर्वाचित

कपिलवस्तु, जेठ २५ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुको जिल्ला सभापतिमा शिवकुमार सुवेदी दोस्रो कार्यकालका लागि भारी मतान्तरसहित निर्वाचित भएका छन्।निर्वाचन मण्डलका सदस्य रमेश मिश्राका अनुसार सुवेदीले आफ्ना निकटतम प्रतिद्वन्द्वी विक्रम थापालाई १७० मतान्तरले पराजित गर्दै सभापतिमा पुनः विजय हासिल गरेका हुन्।

सुवेदीले २३५ मत प्राप्त गर्दा थापाले ६५ मत मात्र पाए।उपसभापतिमा रामनिवास पुरी १८० मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी चिरञ्जीवी आचार्यले ८२ र अनुप मरासिनीले ३२ मत प्राप्त गरेका थिए।त्यसैगरी, सचिव पदमा यमलाल आचार्य २०९ मतसहित विजयी भएका छन्। सचिवका अन्य उम्मेदवार गुरुदेव पौडेलले ६० तथा सुशील खत्रीले ४४ मत प्राप्त गरेका थिए।सहसचिव पदमा देवेन्द्र कुमार शर्मा १२३ मतसहित निर्वाचित भएका छन्।

सहसचिवका उम्मेदवार माहोम्मद ईदमुसलमानले ९६, विलाल पौडेलले ४७ र कृति मल्लले ३२ मत प्राप्त गरेका थिए।अन्य निर्वाचित पदाधिकारी तथा सदस्यहरूमा मुस्लिम क्लस्टरतर्फ माहोम्मद मोहसिन कमाल निर्वाचित भएका छन्। क्षेत्र नं. १ बाट जिल्ला सदस्यमा रबिन कार्की विजयी भएका छन्।क्षेत्र नं. २ बाट जिल्ला सदस्यमा शिवपुजन चाई र विनोद केवट निर्वाचित भएका छन् भने क्षेत्र नं. ३ बाट दीपक रजौरिया जिल्ला सदस्यमा निर्वाचित भएका छन्।

साथै, क्षेत्र नं. ३ को उपसंयोजक पदमा तेजप्रसाद पौडेल विजयी भएका छन्।नवनिर्वाचित नेतृत्वले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा पार्टीका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

  • Related Posts

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 14, 2026
    • 79 views
    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 13, 2026
    • 61 views
    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    • By admin
    • October 13, 2026
    • 65 views
    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    • By admin
    • October 10, 2026
    • 22 views
    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

    • By admin
    • October 9, 2026
    • 74 views
    दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

    मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

    • By admin
    • October 8, 2026
    • 105 views
    मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल