रतनपुरमा विद्यार्थीको आवाज बालविवाह होइन शिक्षामा लगानी गरौँ

कपिलवस्तु भदौ ३१ गते ।बालविवाहविरुद्ध विद्यार्थीलाई सचेत बनाउँदै मायादेवी गाउँपालिका ७ रतनपुरस्थित श्री स्वतन्त्र माध्यमिक विद्यालयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ।

कार्यक्रममा बालविवाहले बालबालिकाको शिक्षा स्वास्थ्य मानसिक विकास र भविष्यमा पार्ने असरबारे विद्यार्थीहरूसँग गम्भीर छलफल गरिएको हो।दलित सामाजिक विकास केन्द्र (DSDC) र युनाइटेड मिशन टु नेपाल (UMN) को साझेदारीमा सञ्चालित परिवर्तनका लागि बालबालिका युवा र समुदाय (CYCC) परियोजनाको आर्थिक सहयोग तथा समुदाय युवा समाज कपिलवस्तुको आयोजनामा बुधबार कक्षा १०, ११ र १२ का विद्यार्थी सहभागी भएका थिए।

कार्यक्रममा बालविवाह किन हुन्छ यसको पछाडि परिवार र समुदायको भूमिका कस्तो हुन्छ तथा बालविवाह रोक्न विद्यार्थी र युवाले के गर्न सक्छन् भन्ने विषयमा अन्तरक्रिया गरिएको थियो। विद्यार्थीहरूले पनि बालविवाहसँग जोडिएका सामाजिक दबाब अभिभावकको भूमिका र रोकथामका व्यावहारिक उपायबारे प्रश्न राखेका थिए।

प्रहरी चौकी तुलसीपुर बलुहवाका प्रहरी हवल्दार खेमबहादुर परियारले बालविवाह सामाजिक समस्या मात्र नभई कानुनसँग जोडिएको विषय भएकाले यसको रोकथाममा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए। जोखिम वा दबाबको अवस्था आएमा सम्बन्धित निकायमा जानकारी गराउन उनले विद्यार्थीलाई आग्रह गरे।प्रधानाध्यापक अहमद गुलामले विद्यालयमा दिइने समयमैको सचेतनाले विद्यार्थीलाई आफ्नै भविष्यबारे सही निर्णय लिन सक्षम बनाउने बताए।

समुदाय युवा समाज कपिलवस्तुका अध्यक्ष अनुप चौधरीले बालविवाह अन्त्यका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।कार्यक्रमको सहजीकरण CYCC परियोजनाका युवा संलग्नता सहायक अधिकृत परशुराम निगमले गरेका थिए भने सञ्चालनCYCC सामाजिक परिचालक बबलु यादवले गरेका थिए।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 73 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 58 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 60 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 73 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल