राजाराम चौधरीमहाराजगञ्ज, कपिलवस्तु। महाराजगञ्ज नगरपालिका–१ स्थित फलाहरी बाबा बहुमुखी क्याम्पसमा बी.एड. प्रथम वर्षदेखि चौथो वर्षसम्मका विद्यार्थीहरूका लागि Mindset & Motivational Class सफलतापूर्वक सम्पन्न भएको छ।

विद्यार्थीहरूमा सकारात्मक सोच, आत्मविश्वास, लक्ष्य निर्धारण तथा सफलताका लागि आवश्यक प्रेरणा प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा प्रशिक्षक देवी बेलबासेले विद्यार्थीहरूलाई सकारात्मक सोचको महत्त्व, आत्मविश्वास अभिवृद्धि, जीवनमा लक्ष्य निर्धारण तथा सफलता प्राप्तिका लागि आवश्यक ज्ञान र सीपबारे प्रशिक्षण दिनुभएको थियो।

प्रशिक्षणका क्रममा विद्यार्थीहरूलाई आफ्नो क्षमता पहिचान गरी जीवनमा स्पष्ट लक्ष्य निर्धारण गर्न र सफलताका लागि निरन्तर प्रयास गर्न प्रेरित गरिएको थियो।

कार्यक्रमले विद्यार्थीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा शैक्षिक जीवनमा सकारात्मक सोचको विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।






