कपिलवस्तुका सीडीओ जनार्दन गौतमलाई सम्मानसहित बिदाइ

दुर्गेश मिश्राकपिलवस्तु, असोज १३ गते ।कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनार्दन गौतमलाई स्थानीय तहका जनप्रतिनिधि तथा जिल्ला प्रशासन र सुरक्षा निकायका प्रतिनिधिहरूले सम्मानसहित बिदाइ गरेका छन्।

जिल्लाका स्थानीय तह र जिल्ला प्रशासनबीच सहकार्य, समन्वय तथा आपसी सम्बन्धलाई थप आत्मीय र प्रभावकारी बनाउन गौतमले पुर्‍याएको योगदानको कदर गर्दै बिदाइ गरिएको हो।

बिदाइ कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरूले गौतमको कार्यकालमा जिल्ला प्रशासन र स्थानीय तहबीचको समन्वय थप प्रभावकारी बनेको उल्लेख गर्दै उहाँको आगामी जीवन सुखद, स्वस्थ, सफल र मंगलमय रहोस् भन्ने शुभकामना व्यक्त गरे।

सहसचिव गौतमले असोज १४ गतेदेखि लागू हुने गरी गृह मन्त्रालयमा राजीनामा दिनुभएको छ। सेवा अवधिको करिब सात महिना बाँकी रहँदै उहाँले स्वेच्छिक अवकाश रोज्नुभएको हो। ५८ वर्ष उमेर पूरा भएपछि उहाँ २०८४ वैशाख ५ गते अनिवार्य अवकाशमा जाने अवस्थामा हुनुहुन्थ्यो।गौतम गत कात्तिक १३ गते कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीका रूपमा हाजिर हुनुभएको थियो।

२०७७ चैतमा सहसचिव बन्नुभएका उहाँले उदयपुर, सप्तरी, सिन्धुली, तनहुँ, गुल्मी र कपिलवस्तुलगायत जिल्लामा प्रशासनिक नेतृत्व सम्हाल्नुभएको थियो।बिदाइ कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह, शिवराज नगरपालिकाका प्रमुख अजय थापा, महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा र शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी सहभागी हुनुहुन्थ्यो।

त्यस्तै प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्ट, सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारी, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तव, वरिष्ठ प्रशासकीय अधिकृत पदमराज श्रेष्ठलगायतको उपस्थिति थियो।कार्यक्रममा सहभागीहरूले पदबाट बिदाइ भए पनि गौतमसँगको आत्मीयता, सहकार्य र कार्यकालका सकारात्मक स्मरणहरू सदैव कायम रहने बताएका थिए।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 73 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 58 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 60 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 73 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल