मायादेवीमा CYCC परियोजनाको समीक्षा तथा परिचयात्मक कार्यक्रम

दुर्गेश मिश्रा कपिलवस्तु, असोज १३ गते ।दलित सामाजिक विकास केन्द्र (DSDC) र युनाइटेड मिशन टु नेपाल (UMN) को साझेदारीमा सञ्चालित परिवर्तनका लागि बालबालिका युवा र समुदाय (CYCC) परियोजनाले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गतिविधि उपलब्धि तथा सिकाइको समीक्षा गर्दै आगामी आर्थिक वर्षका कार्यक्रम र बजेटबारे सरोकारवालालाई जानकारी गराएको थिए ।

मायादेवी गाउँपालिकामा मंगलबार आयोजित कार्यक्रममा परियोजनाका अघिल्लो वर्षका गतिविधि उपलब्धि सिकाइ तथा प्राप्त सुझाव प्रस्तुत गरिएको थियो। यस वर्ष २०८३/८४ मा सञ्चालन हुने प्रस्तावित कार्यक्रम, क्रियाकलाप र बजेटबारे पनि जानकारी गराएका थिए।

कार्यक्रममा दलित सामाजिक विकास केन्द्र का कार्यकारी निर्देशक रामशरण रैदासले परियोजनाको उद्देश्य र कार्यक्रमको औचित्यबारे जानकारी गराएका थिए।CYCC परियोजनाका कार्यक्रम संयोजक जितेन्द्र चौधरीलेआर्थिक वर्ष २०८२/८३ मा सम्पन्न प्रमुख गतिविधि उपलब्धि सिकाइ तथा आगामी वर्षका प्रस्तावित कार्यक्रम र बजेटबारे प्रस्तुति गरेका थिए

र विगतका कार्यक्रमबाट प्राप्त अनुभव र सिकाइलाई आगामी गतिविधिमा उपयोग गर्दै स्थानीय आवश्यकता र प्राथमिकताअनुसार कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जानकारी गराएका थिए।कार्यक्रममा मायादेवी गाउँपालिकाका उपाध्यक्ष सरस्वती यादवले स्थानीय तह र विकास साझेदारबीचको समन्वय तथा सहकार्यले कार्यक्रम कार्यान्वयनमा सहयोग पुग्ने बताइन्।

उनले स्थानीय आवश्यकता र प्राथमिकतासँग जोडेर कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिइन्।कार्यक्रमको अध्यक्षता दलित सामाजिक विकास केन्द्र DSDC की अध्यक्ष सुरजमती पासीले गरेकी थिइन्। सञ्चालन सुमन श्रेष्ठले गरेका थिए। कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका जनप्रतिनिधि तथा कर्मचारी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र सञ्चारकर्मीलगायत उपस्थिति रहेको थियो।

  • Related Posts

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 14, 2026
    • 73 views
    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 13, 2026
    • 59 views
    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    • By admin
    • October 13, 2026
    • 61 views
    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    • By admin
    • October 10, 2026
    • 22 views
    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

    • By admin
    • October 9, 2026
    • 73 views
    दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

    मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

    • By admin
    • October 8, 2026
    • 105 views
    मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल