कपिलबस्तु–१, मायादेबी–२ मा स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई भव्य स्वागत

मायादेबी गाउँपालिका–२ मा स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई स्थानीयवासीहरूले भव्य स्वागत गरेका छन्।

घरदैलो तथा भेटघाट कार्यक्रमका क्रममा जनताले उनलाई टीका, माला र खादा लगाएर स्वागत गर्दै आगामी निर्वाचन फागुन २१ का लागि आशीर्वाद दिएका छन।

स्थानीय बासिन्दाहरूले क्षेत्रको विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवामा सुधारको अपेक्षा राख्दै शर्मालाई समर्थन जनाएका छन्।

कार्यक्रममा सहभागी युवाहरूले परिवर्तन र पारदर्शिताका पक्षमा आफूहरू उभिएको बताएका थिए।उम्मेदवार शर्माले जनताको विश्वासलाई सम्मान गर्दै आफू जनताकै सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।

उनले क्षेत्रको समग्र विकास, पूर्वाधार निर्माण र सामाजिक सद्भाव मजबुत बनाउने आफ्नो प्राथमिकता रहेको बताए।कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ !

Related Posts

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी, रुपन्देही ।इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्‍याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति…

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्नमहिलवार, लुम्बिनी ।लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारस्थित नगरपालिका सभाहलमा आज २०८३ साल असार २९ गते, सोमबार पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 93 views
लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 60 views
लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

  • By admin
  • July 12, 2026
  • 8 views
सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

  • By admin
  • July 3, 2026
  • 83 views
असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

  • By admin
  • June 27, 2026
  • 229 views
संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

जनता माध्यमिक विद्यालय बलुहवाको कक्षा १२ बोर्ड परीक्षामा ऐतिहासिक सफलता, ९९ प्रतिशत उत्कृष्ट नतिजा

  • By admin
  • June 26, 2026
  • 102 views
जनता माध्यमिक विद्यालय बलुहवाको कक्षा १२ बोर्ड परीक्षामा ऐतिहासिक सफलता, ९९ प्रतिशत उत्कृष्ट नतिजा