कपिलवस्तु-२ मा कांग्रेसको आचार्य चुनावी अभियान,मतदातासँग प्रत्यक्ष संवाद

कपिलवस्तु-२ मा प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–२मा नेपाली कांग्रेसले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ ।

गाउँ–टोल केन्द्रित कार्यक्रम, घरदैलो अभियान र ठाउँ–ठाउँमा सम्पर्क कार्यालय उद्घाटन गर्दै कांग्रेस मैदानमा सक्रिय देखिएको छ । कांग्रेसको यो सक्रियताले क्षेत्रको चुनावी माहोल थप तातेको छ ।

कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्य ले क्षेत्र नम्बर–२ मा कांग्रेसको संगठनात्मक अवस्था मजबुत रहेको जनतासँग प्रत्यक्ष सम्पर्क नै आफ्नो मुख्य शक्ति भएको बताएका छन् । “यो क्षेत्रमा कांग्रेस सबैभन्दा माथि छ, भने, “हामी प्रचारका लागि मात्र होइन, मतदाताका गुनासा सुन्न र समाधानको बाटो खोज्न मैदानमा उत्रिएका हौं ।

” चुनावी अभियानका क्रममा कांग्रेस टोलीले किसान, मजदुर, युवा, महिला तथा व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गरिरहेको छ । स्थानीय मतदाताले कृषि मल–बिउको समस्या, सिँचाइ, बेरोजगारी, शिक्षा र स्वास्थ्य सेवाको पहुँच, सडक र खानेपानी जस्ता आधारभूत विषय उठाइरहेका छन् ।

उम्मेदवार आचार्यले यी विषयलाई संसदमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएका छन् । स्थानीय मतदाताहरू कांग्रेसको अभियानप्रति सकारात्मक देखिएका छन् । उनीहरूका अनुसार उम्मेदवार र पार्टी नेतृत्व प्रत्यक्ष गाउँमै आएर समस्या सुन्नु र संवाद गर्नु सकारात्मक संकेत हो ।

“नेता चुनावमा मात्र होइन, समस्या बुझ्न पनि आउनुपर्छ,” एक स्थानीय मतदाताले भने, आचार्य को टोली गाउँमै आएर हाम्रो कुरा सुन्दैछ, यो राम्रो संकेत हो कांग्रेस नेताहरूको भनाइ छ । विशेषगरी युवा मतदाता कांग्रेसप्रतिको विश्वास पुनःस्थापित हुँदै गएको संकेत कपिलवस्तु–२ मा देखिएको छ ।

कांग्रेसले मतदाता केन्द्रित अभियानलाई निरन्तरता दिदै कपिलवस्तु–२ मा चुनावी प्रतिस्पर्धामा बलियो उपस्थिती छ । जनताको मुद्दा उठाउने, सुशासन र विकासको एजेन्डालाई प्राथमिकतामा राखेको कांग्रेसको अभियानले अन्तिम मतपरिणाममा महत्वपूर्ण प्रभाव पारेको छ ।

कांग्रेसको आक्रामक अभियान, संगठन र मतदातासँगको प्रत्यक्ष संवादले कपिलवस्तु–२ को चुनावलाई निर्णायक मोडतर्फ लैजाँदै गरेको छ ।

  • Related Posts

    कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

    कपिलवस्तु, असार ३१ गतेकपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा अधिवेशनको दोस्रो बैठक बुधबार नगर प्रमुख सुदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ। नगर उपप्रमुख सुनिता गुप्ता, प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, वडा…

    लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

    लुम्बिनी, रुपन्देही ।इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्‍याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

    • By admin
    • July 15, 2026
    • 66 views
    कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

    लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

    • By admin
    • July 13, 2026
    • 125 views
    लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

    लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

    • By admin
    • July 13, 2026
    • 96 views
    लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

    सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

    • By admin
    • July 12, 2026
    • 23 views
    सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

    असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

    • By admin
    • July 3, 2026
    • 94 views
    असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

    संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

    • By admin
    • June 27, 2026
    • 239 views
    संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व