कपिलबस्तु–२ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार विक्रम सिंह थापा कोअभियानले क्षेत्रमा उल्लेख्य चर्चा पाएको छ।
घरदैलो कार्यक्रमहरूमा बढ्दो जनसहभागिता, युवापुस्ताको सक्रिय समर्थन र सुशासन तथा पारदर्शिताको एजेन्डाले मतदाताको ध्यान तानेको देखिन्छ।
स्थानीय बासिन्दाहरूले परिवर्तनको अपेक्षा व्यक्त गरिरहेका छन् भने प्रतिस्पर्धी दलहरू पनि आफ्नो रणनीति सशक्त बनाइरहेका छन्।राजनीतिक विश्लेषकहरूका अनुसार, यसपटकको निर्वाचनमा विशेष चासोको केन्द्र बन्ने संकेत देखिएको छ।
चुनाव नजिकिँदै जाँदा चुनावी सरगर्मी अझ बढ्ने अनुमान गरिएको छ। विक्रम सिंह थापा को चुनावी अभियानमा युवावर्गले खुसी व्यक्त गरेका छन्, किनकि उहाँको सुरक्षा निकायमा रहेको अनुभव, अनुशासन, अनुशासन र नयाँ राजनीतिक धारले क्षेत्रको विकासमा योगदान पुग्ने अपेक्षा राखेका छन्
यसपटक नयाँ विकल्पका रूपमा रास्वपा उम्मेदवारको उपस्थितिले प्रतिस्पर्धालाई रोचक बनाएको छ। समर्थकहरूका अनुसार “परिवर्तनको लहर” बलियो बन्दै गएको छ र चुनावी वातावरण उत्साहपूर्ण छ।






