कपिलवस्तु क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मोहन आचार्यले तीव्र चुनावी अभियान चलाएका छन्। उनी मतदातासँग प्रत्यक्ष संवाद गर्दै घरदैलो अभियान सञ्चालन गरिरहेका छन्।
आचार्यले परिवर्तन भाषणमा मात्र नभई व्यवहारमा देखिनुपर्ने मान्यताका साथ आफू राजनीतिमा आएको उल्लेख गरेका छन्। उनले सुशासन, पारदर्शिता, नागरिक अधिकार, संवैधानिकता र जवाफदेहिताका विषयमा सक्रिय रूपमा आवाज उठाउँदै आएका छन् ।
उनको चुनावी एजेन्डामा सर्वसाधारणले अनुभूति गर्ने कानुन, कृषि प्रधान क्षेत्र कपिलवस्तुको अर्थतन्त्र सुदृढ बनाउन कृषकमुखी कृषि प्रणाली विकास, उत्पादनमा आधुनिकीकरण, बजारीकरणको सुनिश्चितता र कृषि बीमालाई प्रभावकारी बनाउने कार्यक्रमलाई प्राथमिकतामा राखेका छन्। साथै, पर्यटन प्रवर्धन, बुद्ध सर्किटको अन्तर्राष्ट्रिय प्रचारप्रसार, पर्यटकीय पूर्वाधार सुधारलाई पनि जोड दिएका छन् ।
अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आचार्यको उम्मेदवारीले कपिलवस्तु-१ को राजनीतिमा फरक र उच्च योग्यता बोकेको उम्मेदवारीका रूपमा देखिएको छ।
आचार्यको चुनावी एजेन्डा र कपिलवस्तु-१ को राजनीतिक परिदृश्य बारेमा मतदातासँगको प्रत्यक्ष संवादमार्फत स्थानीय आवश्यकता बुझ्दै समाधानमुखी एजेन्डा अघि सार्ने प्रतिबद्धता मोहन आचार्यले व्यक्त गर्नुभएको छ।
घरदैलो, कोणसभा तथा अन्तरक्रिया कार्यक्रममार्फत क्षेत्रका विभिन्न टोल तथा बस्तीमा सक्रिय सहभागिता देखिएको छ।स्थानीयवासीहरूले पनि विकास, पारदर्शिता र सुशासनप्रति उम्मेदवारको दृष्टिकोणबारे चासो राख्दै सुझाव दिएका छन्। अभियान आगामी दिनहरूमा अझ सशक्त रूपमा अघि बढाइने बताइएको छ।






