रुपन्देहीको सबैभन्दा ठूलो सांस्कृतिक उत्सव सुरु हुँदै रुमिन्देई माई चैत्र पूर्णिमा मेला २०८२मा भव्य तयारी!

लुम्बिनी, रुपन्देही | चैत्र १६ — रुमिन्देई माई चैत्र पूर्णिमा मेला २०८२ को सन्दर्भमा लुम्बिनी सांस्कृतिक नगरपालिकाले पत्रकार सम्मेलन (Press Meet) सम्पन्न गर्दै मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।

यही चैत्र १८ देखि २२ गतेसम्म (April 1–5, 2026) बुद्ध जन्मस्थल लुम्बिनीमा भव्य रूपमा मेला आयोजना हुँदैछ।

पत्रकार सम्मेलनमा मेला समिति सह–संयोजक विनोद कुमार श्रीवास्तव ले यस वर्ष मेला अझ भव्य, व्यवस्थित र आकर्षक हुने बताउँदै हजारौँ होइन, लाखौँ श्रद्धालु तथा दर्शकहरूको सहभागिता रहने अपेक्षा गरिएको जानकारी दिनुभयो।

त्यस्तै, मेला अनुगमन समिति संयोजक हुसेनी लोध ले मेलालाई सुरक्षित र व्यवस्थित बनाउन विशेष अनुगमन तथा व्यवस्थापन टोली परिचालन गरिने बताउनुभयो।

नगर प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष इनामुल्लाह फकीर ले स्थानीय सरकारको तर्फबाट सुरक्षा, सरसफाइ, स्वास्थ्य सेवा तथा पूर्वाधार व्यवस्थापनमा कुनै कमी नराखिने प्रतिबद्धता जनाउनुभयो।

मेला समिति सदस्य अहमद हुसेन ले मेलालाई धार्मिक मात्र नभई सांस्कृतिक र पर्यटन प्रवर्द्धनको महत्वपूर्ण अवसरको रूपमा लिइएको उल्लेख गर्नुभयो।

मेलाका मुख्य आकर्षणहरू , बहुसांस्कृतिक झाँकी, नृत्य तथा गीत–संगीत, सर्कस, जादु र रोमाञ्चक खेलहरू ,ठूलो रेल, पिङ तथा मनोरञ्जनका साधनहरू, स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति, कुस्ती प्रतियोगिता र विभिन्न रमाइला कार्यक्रम, आयोजकका अनुसार नेपालका विभिन्न जिल्लाका साथै छिमेकी देश भारतबाट समेत श्रद्धालु तथा पर्यटकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

“परिवार र साथीभाइसँग आउनुहोस्, मेला रमाइलो बनाउनुहोस्!”

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 84 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 61 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 70 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 75 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल