कपिलवस्तुमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तु जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा एक बालिका र एक पुरुषको मृत्यु भएको छ।कपिलवस्तु नगरपालिका–९, जगदीशपुरस्थित जर्लैया जाने चोक नजिकै लु २ ख ६४५५ नम्बरको टिप्परको ठक्करबाट ९ वर्षीया छात्रा आशिका खत्रीको मृत्यु भएको हो।

उनी परीक्षा दिएर घर फर्कने क्रममा दुर्घटनामा परेकी थिइन्। जगदीशपुर निवासी खत्री गुरुकुल बोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत थिइन्।गम्भीर घाइते भएकी खत्रीलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बालुवा लोड गरेर गइरहेको टिप्परले ठक्कर दिएको बताइएको छ।दुर्घटनापछि आक्रोशित स्थानीयवासी तथा आफन्तहरूले विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका थिए।

प्रहरीले टिप्पर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।यस्तै, कपिलवस्तुको कृष्णनगर नगरपालिका–१, सालीमा हलचोक नजिक बिहीबार करिब ११ बजेतिर बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।

चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको रा १ ख २१४२ नम्बरको बसले ठक्कर दिँदा बुद्धभूमि नगरपालिका–१० का डिल्लीराम थारु गम्भीर घाइते भएका थिए।घाइते थारुलाई उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिएको थियो।

त्यहाँबाट थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पताल पठाइएकोमा करिब दिउँसो २ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा संलग्न बस र चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 84 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 61 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 70 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 75 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल