कपिलवस्तुमा नौ दिवसीय लक्ष्मी नारायण महायज्ञ सुरु

कपिलवस्तु, चैत २१ गते।कपिलवस्तु नगरपालिका वडा नं. ८ स्थित दोहनी शिव मन्दिर प्रांगणमा आजदेखि नौ दिवसीय लक्ष्मी नारायण महायज्ञ, संगीतमय कथा तथा भव्य रामलीला कार्यक्रम सुरु भएको छ।

धार्मिक, सांस्कृतिक तथा सामाजिक समृद्धिलाई लक्षित गरी आयोजना गरिएको यस महायज्ञको शुभारम्भ भव्य कलश शोभा यात्रासहित गरिएको हो। आयोजक समितिका अनुसार महायज्ञ चैत २१ गतेदेखि सुरु भई चैत २९ गते पूर्णाहुति गरिनेछ।

कार्यक्रममा भारतबाट आमन्त्रित धार्मिक व्यक्तित्वहरू श्रीमती नीलम दीक्षित ‘मानस मधुरी’ (कानपुर), श्री पंकज पाण्डेय (श्री मणिराम छावनी, अयोध्या) तथा आचार्य पंकज हरगोविन्द दीक्षित (कानपुर) को विशेष सहभागिता रहेको छ।

सम्पूर्ण क्षेत्रवासीको सक्रियतामा सञ्चालन भइरहेको यस कार्यक्रमको आयोजक समितिमा अध्यक्ष शत्रुधन चौधरी, संरक्षक उपेन्द्र पाण्डेय, उपाध्यक्ष जयराम तेली, कोषाध्यक्ष पुरुषोत्तम गिरी, सचिव सन्तोष गुप्ता तथा सदस्यहरूमा ब्रह्मचारी गौड, रिकुन पाण्डेय र सग्रीव गुप्ता रहेका छन्।

समितिका अध्यक्ष शत्रुधन चौधरीले धार्मिक कार्यक्रममार्फत समाजमा धार्मिक चेतना र सामाजिक एकता अभिवृद्धि गर्ने उद्देश्य रहेको बताउँदै यस्तो आयोजनाले युवा पुस्तालाई संस्कृति र संस्कारप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले सम्पूर्ण श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन आग्रह समेत गरे।

आयोजकका अनुसार महायज्ञ अवधिभर दैनिक रूपमा संगीतमय कथा, रामलीला तथा विभिन्न आध्यात्मिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। यसले स्थानीय समुदायमा धार्मिक तथा सांस्कृतिक जागरण फैलाउने अपेक्षा गरिएको छ।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 84 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 61 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 70 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 75 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल