कपिलवस्तुमा सुरक्षाकर्मीको गोली लागेर घाइते युवकको मृत्यु

कपिलवस्तु — कपिलवस्तुको महाराजगंज नगरपालिका–स्थित वरगदा घटनामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ।महाराजगंज नगरपालिका भुटहनियाका २२ वर्षीय जितेन्द्र (अरुण)यादवको उपचारका क्रममा आज बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

गत चैत्र ७ गते महाराजगंजको वरगदा गाउँमा हिन्दु–मुस्लिम समुदायबीच भएको झडपपछि स्थिति तनावग्रस्त बनेको थियो। सो क्रममा भड्किएको भीड नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरिएको थियो।

भीड नियन्त्रणका क्रममा स्थानीय युवा र सुरक्षाकर्मीबीच झडप हुँदा गोली चलेको थियो, जसमा यादव गम्भीर घाइते भएका थिए। उनको पेटमा गोली लागेको थियो।

घटनापछि उनलाई तत्काल उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो। तर उपचारकै क्रममा आज बिहान उनको निधन भएको हो।

  • Related Posts

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 14, 2026
    • 84 views
    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 13, 2026
    • 61 views
    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    • By admin
    • October 13, 2026
    • 70 views
    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    • By admin
    • October 10, 2026
    • 22 views
    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

    • By admin
    • October 9, 2026
    • 75 views
    दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

    मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

    • By admin
    • October 8, 2026
    • 105 views
    मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल