कपिलवस्तुमा उपाध्यक्षविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता

कपिलवस्तु, वैशाख ७ — सशस्त्र प्रहरी बलका एक वरिष्ठ हवल्दारमाथि कुटपिट गरेको आरोपमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी (लाला चौधरी) विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ।

सशस्त्र प्रहरी बलको किटानी जाहेरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो। घटनापछि पक्राउ परेका चौधरी हाल कानुनी प्रक्रियामा रहेका छन्।प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार जिल्ला अदालत कपिलवस्तुले चौधरीमाथि अनुसन्धानका लागि चार दिनको म्याद थप गरेको छ।

उक्त अवधिमा घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रारम्भिक अनुसन्धानका क्रममा चौधरीले सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार भीम बहादुर चौधरीमाथि हातपात गरेको पुष्टि हुने आधारहरू फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको टोलीले चौधरीलाई सोही दिन नियन्त्रणमा लिएको थियो। हाल उनीमाथि ज्यान मार्ने उद्योग कसूरअन्तर्गत अनुसन्धान जारी रहेको छ।

घटना सार्वजनिक भएसँगै जनप्रतिनिधिको जिम्मेवारी र आचरणमाथि गम्भीर प्रश्न उठेका छन्। स्थानीय स्तरमा चौधरीको व्यवहारप्रति तीव्र आलोचना भइरहेको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

  • Related Posts

    कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

    कपिलवस्तु, असार ३१ गतेकपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा अधिवेशनको दोस्रो बैठक बुधबार नगर प्रमुख सुदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ। नगर उपप्रमुख सुनिता गुप्ता, प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, वडा…

    लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

    लुम्बिनी, रुपन्देही ।इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्‍याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

    • By admin
    • July 15, 2026
    • 66 views
    कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

    लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

    • By admin
    • July 13, 2026
    • 125 views
    लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

    लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

    • By admin
    • July 13, 2026
    • 96 views
    लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

    सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

    • By admin
    • July 12, 2026
    • 23 views
    सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

    असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

    • By admin
    • July 3, 2026
    • 94 views
    असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

    संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

    • By admin
    • June 27, 2026
    • 239 views
    संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व