विद्यालयको रकम हिनामिना नभएको प्रधानाध्यापक पाण्डेको दाबी

कपिलवस्तु — कपिलवस्तुको श्री अनिरुद्ध पब्लिक माध्यमिक विद्यालय, बैदौलीका प्रधानाध्यापक रमेश पाण्डेले विद्यालयमा आर्थिक अनियमितता भएको भन्ने आरोपको कडा खण्डन गरेका छन्।

हालै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विद्यालयको रकम हिनामिना भएको भन्ने समाचार प्रकाशित भएपछि उनले त्यसलाई पूर्ण रूपमा असत्य र भ्रामक भएको बताएका हुन्।प्रधानाध्यापक पाण्डेले भने विद्यालयको एक रुपैयाँ पनि हिनामिना भएको छैन ।

उनले विद्यालयको सम्पूर्ण आर्थिक कारोबार पारदर्शी रूपमा सञ्चालन हुँदै आएको दाबी गर्दै यदि कसैले भ्रष्टाचार भएको प्रमाणित गर्न सके आफू कानुनी कारबाही भोग्न तयार रहेको चुनौती दिएका छन्।“विद्यालयको आर्थिक गतिविधि पूर्ण रूपमा नियमअनुसार र पारदर्शी ढंगले सञ्चालन भइरहेको छ।

आधारहीन आरोप लगाएर संस्थाको प्रतिष्ठामा आँच पुर्‍याउने काम भइरहेको छ,” पाण्डेले भने।उनले सम्बन्धित निकायलाई विद्यालयको आर्थिक अभिलेख जाँच गर्न समेत आग्रह गरेका छन्, जसबाट सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरेका छन्।

साथै, गलत सूचना फैलाउनेप्रति सचेत रहन र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई अनुरोध गरेका छन्।यस विषयमा स्थानीय सरोकारवाला निकाय र अभिभावकहरूले पनि वास्तविकता छानबिन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

Related Posts

कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

कपिलवस्तु, असार ३१ गतेकपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा अधिवेशनको दोस्रो बैठक बुधबार नगर प्रमुख सुदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ। नगर उपप्रमुख सुनिता गुप्ता, प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, वडा…

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी, रुपन्देही ।इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्‍याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

  • By admin
  • July 15, 2026
  • 66 views
कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 125 views
लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 96 views
लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

  • By admin
  • July 12, 2026
  • 23 views
सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

  • By admin
  • July 3, 2026
  • 94 views
असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

  • By admin
  • June 27, 2026
  • 239 views
संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व