रूपन्देही बैशाख २६: इलाका प्रहरी कार्यालय लुम्बिनी, अस्थायी ट्राफिक प्रहरी पोष्ट लुम्बिनी तथा लागू औषध नियन्त्रण ब्युरो शाखा भैरहवा को संयुक्त आयोजनामा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ६ स्थित पर्सा चौकमा विशेष संयुक्त चेकजाँच अभियान सञ्चालन गरिएको छ।
मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा लागूऔषध दुरुपयोग नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत सवारी साधन, चालक तथा यात्रुहरूको कडाइका साथ चेक जाँच गरिएको प्रहरीले जनाएको छ।
अभियानमार्फत सडक सुरक्षा, ट्राफिक अनुशासन तथा सामाजिक सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ।
प्रहरीले “सडक सबैको साझा हो, यसको सही सदुपयोग गरौं” भन्ने सन्देशसहित नागरिकलाई जिम्मेवार र सुरक्षित यात्रा गर्न आग्रह गरेको छ।स्थानीयवासीले समेत यस्तो अभियानले दुर्घटना न्यूनीकरण तथा समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेका छन्।





