यशोधरा गाउँपालिका–१ मा विशाल स्वास्थ्य शिविर सम्पन्न, ४०९ जनाले लिए सेवा

कपिलवस्तु, २७ वैशाख २०८३ —यशोधरा गाउँपालिका वडा नं. १ को आयोजनामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरमा कुल ४०९ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

प्राप्त विवरणअनुसार शिविरबाट २१४ जना पुरुष तथा १९५ जना महिलाले सेवा लिएका छन्। शिविरमा स्वास्थ्य परीक्षण, विशेषज्ञ परामर्श, रक्तचाप तथा मधुमेह जाँच, महिला तथा बाल स्वास्थ्य सेवा लगायत आवश्यक औषधि वितरणसमेत गरिएको थियो।

वडा अध्यक्ष श्री अब्दुल कय्युम खानको विशेष पहल तथा समन्वयमा सम्पन्न उक्त कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पाउँदा खुसी व्यक्त गरेका थिए।कार्यक्रम सफल बनाउन स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सहयोगी सम्पूर्णप्रति आयोजकले आभार व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 84 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 63 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 70 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 77 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल