अब विद्यालयमै रोजगारीको बाटो — जनचेतना माविको उद्योगसँग सहकार्य

कपिलवस्तु — जनचेतना सामुदायिक माध्यमिक विद्यालय ले उद्योग तथा शैक्षिक संस्था बीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यसहित एक दिवसीय कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ।विद्यालयले आयोजना गरेको उक्त कार्यशालाको मुख्य उद्देश्य शिक्षा र रोजगारीबीचको सम्बन्धलाई थप मजबुत बनाउनु रहेको बताइएको छ।

कार्यक्रममा विद्यार्थी, शिक्षक तथा उद्योग क्षेत्रबीच आपसी समन्वय, अनुभव आदान–प्रदान तथा व्यवहारिक सीप विकासमा विशेष जोड दिइएको थियो।

कार्यक्रममा बोल्दै विद्यालयमा सञ्चालित प्राविधिक धार अन्तर्गत कम्प्युटर इन्जिनियरिङ विषयका संयोजक बिष्णु प्रसाद विश्वकर्मा ले उद्योग क्षेत्रसँगको सहकार्यले विद्यार्थीलाई इण्टर्नशिप, तालिम तथा रोजगारीका अवसर प्राप्त गर्न सहज हुने बताउनुभयो।

उहाँले विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यवहारिक सीप र अनुभव प्रदान गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो।विद्यालयका प्रधानाध्यापक देवानन्द ठाकुर ले शैक्षिक संस्था र उद्योग क्षेत्र मिलेर अनुसन्धान, प्रविधि विकास तथा नवप्रवर्तनात्मक कार्यलाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो।

उहाँले शिक्षक तथा उद्योग विशेषज्ञबीच अन्तरक्रिया र अनुभव साटासाटमार्फत शिक्षण प्रणालीलाई अझ प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै यस्ता कार्यशालाको आवश्यकता बढ्दो रहेको बताउनुभयो।

कार्यक्रमको अध्यक्षता गर्नुभएका विद्यालय व्यवस्थापन समितिका सदस्य सतिश चन्द्र गुप्ता ले दक्ष, सक्षम तथा रोजगारमुखी जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले शिक्षा प्रणालीलाई व्यवहारिक, उत्पादनमुखी तथा रोजगारमैत्री बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 85 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 63 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 70 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 77 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल