मायादेवी गाउँपालिकामा विद्यालय सुधार योजना सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न

कपिलवस्तु, बैशाख २७ — कपिलवस्तुको मायादेवी गाउँपालिका भित्र रहेका विद्यालय तथा मदरसाका प्रधानाध्यापकहरूलाई लक्षित गर्दै विद्यालय सुधार योजना (एसआईपी) निर्माणसम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

परिवर्तनका लागि बालबालिका, युवा र समुदाय परियोजना अन्तर्गत दलित सामाजिक विकास केन्द्र को आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा गाउँपालिका भित्रका २५ वटा विद्यालय तथा मदरसाका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका निमित्त प्रमुख चोपलाल बेलबासे ले विद्यालय सुधार योजना व्यवहारमा कार्यान्वयन गर्न सकिने खालको हुनुपर्ने बताउनुभयो।

उहाँले तालिमबाट सिकेका विषयलाई विद्यालयमा प्रभावकारी रूपमा लागू गर्न आग्रह गर्दै गुणस्तरीय शिक्षाका लागि योजनाबद्ध सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै स्रोत व्यवस्थापनका लागि पहल गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

त्यस्तै बद्री बेलबासे ले विद्यालय व्यवस्थापन तथा शैक्षिक सुधारका लागि एसआईपी महत्वपूर्ण आधार भएको बताउनुभयो। स्थानीय तहले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक सहकार्य गर्दै आएको जानकारी दिँदै उहाँले तालिमबाट प्राप्त ज्ञान र सीप विद्यालयमा लागू गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रमका प्रशिक्षक रविन्द्र आचार्य ले विद्यालय सुधार योजनाका विभिन्न चरण, योजना निर्माण प्रक्रिया तथा परिमार्जित खाकाबारे सहजीकरण गर्नुभएको थियो। विद्यालयको आवश्यकता पहिचान गरी दीर्घकालीन लक्ष्यसहित योजना निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो।

सहभागीका तर्फबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय का प्रधानाध्यापक अब्दुस सलामले तालिमले विद्यालयको योजना निर्माण प्रक्रियालाई व्यवस्थित बनाउन सहयोग पुगेको बताउनुभयो। यस्तै नेपाल राष्ट्रिय आधारभूत विद्यालय का प्रधानाध्यापक सुमन्त यादवले विद्यालयको शैक्षिक अवस्था सुधारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने

धारणा राख्नुभयो।दलित सामाजिक विकास केन्द्र को आयोजन मा युनाइटेड मिसन टु नेपाल को आर्थिक सहयोग तथा मायादेवी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको समन्वयमा आयोजित कार्यक्रम सुरजमती पासी को अध्यक्षतामा सम्पन्न भएको

  • Related Posts

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 14, 2026
    • 85 views
    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 13, 2026
    • 63 views
    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    • By admin
    • October 13, 2026
    • 70 views
    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    • By admin
    • October 10, 2026
    • 22 views
    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

    • By admin
    • October 9, 2026
    • 77 views
    दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

    मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

    • By admin
    • October 8, 2026
    • 105 views
    मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल