कपिलवस्तुमा भर्द्वाज तेल उद्योगको डिजिटल सेवा सुरु, अब घरमै तेल डेलिभरी

कपिलवस्तु, मायादेवी–५ :
कपिलवस्तुस्थित भर्द्वाज तेल उद्योग ले आफ्ना ग्राहकलाई लक्षित गर्दै डिजिटल सेवामा नयाँ कदम चालेको छ। उद्योगले “भर्द्वाज सप एप” सार्वजनिक गर्दै अब देशभर घरमै तेल पुर्‍याउने सेवा विस्तार गर्ने योजना अघि बढाएको जनाएको छ।

उद्योगका अनुसार ग्राहकहरूले मोबाइलमार्फत क्यूआर कोड स्क्यान गरेर वा एप डाउनलोड गरी सजिलै तेल अर्डर गर्न सक्नेछन्। “एक फोनको भरमा, तेल तपाईंको घरमा” भन्ने नारासहित सुरु गरिएको यो सेवा अब कपिलवस्तु मात्र नभई क्रमशः देशभर विस्तार गरिने उद्योगले जनाएको छ।

भर्द्वाज तेल उद्योगले उत्पादन गर्ने राइस ब्रान तेल लगायतका तेल आधुनिक प्रविधिबाट उत्पादन गरिने र भिटामिन ए तथा डीद्वारा समृद्ध बनाइएको बताइएको छ। उद्योगका अनुसार स्वास्थ्य र गुणस्तरलाई प्राथमिकतामा राख्दै उपभोक्ताको भान्सासम्म शुद्ध तथा स्वस्थ तेल पुर्‍याउने लक्ष्य लिइएको छ।

डिजिटल माध्यममार्फत ग्राहकहरूले सहज अर्डर, छिटो घरमै डेलिभरी तथा प्रत्यक्ष उद्योगबाट उत्पादन प्राप्त गर्ने सुविधा पाउने उद्योगको दाबी छ। उद्योगले यो सेवाले स्थानीय उत्पादनलाई राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

“स्वस्थ रहौँ” अभियानअन्तर्गत सञ्चालन भइरहेको भर्द्वाज तेल उद्योगले आधुनिक प्रविधि, गुणस्तरीय उत्पादन र डिजिटल सेवामार्फत नेपाली बजारमा नयाँ पहिचान बनाउने लक्ष्य राखेको जनाएको छ।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 84 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 63 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 70 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 77 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल