यशोधरा गाउँपालिकालाई विपद् उद्धार सामग्री हस्तान्तरण

दलित समाज विकास केन्द्र ले यशोधरा गाउँपालिका लाई विपद् खोज तथा उद्धार कार्यका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ। अष्ट्रेलिया एड तथा युनाइटेड मिसन टु नेपाल को सहयोगमा गाउँपालिकाको स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र बैदौलीलाई सामग्री प्रदान गरिएको हो।

हस्तान्तरण गरिएका सामग्रीमा १० थान सुरक्षा ज्याकेट, पाँच थान जीवनरक्षक घेरा, १० थान खोजतलास बत्ती, एक सेट प्राथमिक उपचार सामग्री, गमबुट, १० थान सुरक्षा पञ्जा, दुई थान फोल्डिङ स्ट्रेचर, पाँच थान बेल्चा, चार थान बाल्टिन, पाँच थान स्टिलका मग, चार किलो डोरी, चार थान सुरक्षा कोण, पाँच थान कोदालो तथा १० थान आगो नियन्त्रण रहेका छन्।

कार्यक्रममा स्थानीय आपत्कालीन सञ्चालन केन्द्रका फोकल व्यक्ति श्यामु यादव ले विपद्को समयमा आवश्यक सामग्री अभाव हुने समस्या रहेको उल्लेख गर्दै प्राप्त सामग्रीले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो। उहाँले स्थानीय तहमा विपद् व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन यस्ता सहयोग महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी, केन्द्रका खरिद समितिका संयोजक सुनिल चमार ले गाउँपालिकामा बाढी, आगलागी तथा अन्य विपद्का घटनामा तत्काल परिचालन गर्न सकिने सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो। उहाँले समुदायस्तरमा विपद् पूर्वतयारी र उद्धार क्षमतालाई मजबुत बनाउन सामग्री हस्तान्तरण गरिएको बताउनुभयो।
हस्तान्तरण कार्यक्रममा फिल्ड सुपरभाइजर लग्गन हरिजन, लेखा अधिकृत सन्तोष लोहार लगायतको सहभागिता रहेको थियो ।

  • Related Posts

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 14, 2026
    • 85 views
    मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    • By admin
    • October 13, 2026
    • 63 views
    मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    • By admin
    • October 13, 2026
    • 70 views
    मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    • By admin
    • October 10, 2026
    • 22 views
    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

    दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

    • By admin
    • October 9, 2026
    • 77 views
    दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

    मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

    • By admin
    • October 8, 2026
    • 105 views
    मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल