अस्पतालको रकम हिनामिना गरेको आरोपमा अस्पताल र बैंकका ५ कर्मचारी पक्राउ

कपिलवस्तु, बैशाख २६ — कपिलवस्तुको शिवराज नगरपालिकाअन्तर्गत आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा आर्थिक वर्ष २०८१/०८२ को कारोबारमा अनियमितता भएको आरोपमा अस्पताल तथा बैंकका ५ जना कर्मचारी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अस्पतालको सेवा शुल्क तथा फार्मेसीबाट औषधि बिक्रीबापत संकलित रकम नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखामा जम्मा हुनुपर्नेमा विभिन्न मितिका भौचरमार्फत करिब रु ३८ लाख ११ हजार ७ सय ७० रकम बैंकमा जम्मा नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा नक्कली बैंक भौचर बनाई संगठित रूपमा रकम हिनामिना गरिएको देखिएपछि वडा प्रहरी कार्यालय चन्द्रौटाले थप अनुसन्धान अघि बढाएको थियो।
प्रहरीले पक्राउ परेकामध्ये स्वास्थ्य शाखा प्रमुख, मेडिकल सुपरिटेन्डेन्ट, फार्मेसी सहायक तथा नेपाल बैंकका दुई कर्मचारी रहेका जनाएको छ। उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 84 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 63 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 70 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 77 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल