कपिलवस्तुको चन्द्रौटामा निर्माण गरिएको विशाल हनुमान मूर्तिको अनावरण

कपिलवस्तु — कपिलवस्तुको चन्द्रौटा मा निर्माण गरिएको विशाल हनुमान मूर्तिको अनावरण गरिएको छ। बालापुर मोड मा निर्माण गरिएको उक्त मूर्तिको लुम्बिनी प्रदेशका सरोज थापा ले अनावरण गरेका हुन्।
शिवराज नगरपालिका–५ स्थित उक्त स्थानमा ३० फिट अग्लो हनुमान मूर्ति निर्माण गरिएको हो। मूर्तिको अधिकांश भाग फाइबर प्रयोग गरी तयार पारिएको बताइएको छ।

आर्थिक वर्ष २०८१/८२ मा लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय भैरहवाबाट १५ लाख रुपैयाँको लागतमा बेस निर्माण सम्पन्न गरिएको थियो। चालु आर्थिक वर्षमा ५६ लाख रुपैयाँ बजेटमध्ये भ्याट बाहेक ३५ लाख २३ हजार रुपैयाँ लागतमा देउराली निर्माण सेवा ले मूर्ति निर्माण गरेको हो।

कार्यक्रममा बोल्दै मन्त्री थापाले सुन्दर सहर निर्माणसँगै चन्द्रौटालाई धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्य बनाउने उद्देश्यका साथ मूर्ति स्थापना गरिएको बताए। उनले धार्मिक पर्यटन प्रवर्द्धनले स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।
शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा ले धार्मिक तथा पर्यटकीय स्थलको विकासका लागि प्रदेश सरकारको सहयोगमा मूर्ति निर्माण गरिएको बताए। उनले शिवराज नगरपालिकाले “रामायण सर्किट” निर्माणको योजना अघि सारेको जानकारी दिँदै आगामी दिनमा धार्मिक पर्यटनलाई थप विस्तार गरिने उल्लेख गरे।

यसैबीच, बालापुर मोडमा निर्माण गरिएको उक्त स्थानको नामकरण “हनुमान चोक” गरिएको छ। आगामी वर्ष उक्त क्षेत्रको थप सौन्दर्यीकरणको काम गरिने पर्यटन डिभिजन कार्यालयका प्राविधिक रेशौराज आचार्य ले जानकारी दिए ।

  • Related Posts

    कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

    कपिलवस्तु, असार ३१ गतेकपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा अधिवेशनको दोस्रो बैठक बुधबार नगर प्रमुख सुदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ। नगर उपप्रमुख सुनिता गुप्ता, प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, वडा…

    लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

    लुम्बिनी, रुपन्देही ।इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्‍याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

    • By admin
    • July 15, 2026
    • 66 views
    कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

    लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

    • By admin
    • July 13, 2026
    • 125 views
    लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

    लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

    • By admin
    • July 13, 2026
    • 96 views
    लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

    सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

    • By admin
    • July 12, 2026
    • 23 views
    सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

    असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

    • By admin
    • July 3, 2026
    • 94 views
    असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

    संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

    • By admin
    • June 27, 2026
    • 239 views
    संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व