कपिलवस्तुमा २४ दिने निःशुल्क सिपमूलक तालिम सम्पन्न

कपिलवस्तु, वैशाख ३० गते । दलित सामाजिक विकास केन्द्रको आयोजनामा. युनाइटेड मिसन टु नेपालको सहयोग“परिवर्तनका लागि बालबालिका, युवा र समुदाय परियोजना” प्रगतिशील युवा. समाजको समन्वय अन्तर्गत डल, कुसन तथा बुके बनाउने २४ दिने निःशुल्क सिपमूलक तालिम सम्पन्न भएको छ ।

मायादेवी गाउँपालिका–१ मा आयोजित तालिम समापन कार्यक्रममा वडा सदस्य कान्तिदेवी वर्माले सिकेको सीपलाई व्यवहारमा उतार्न सके मात्र तालिमको उद्देश्य सफल हुने बताउनुभयो ।

उहाँले सहभागीलाई सीपलाई आयआर्जनसँग जोड्न आग्रह गर्नुभयो ।परियोजना अधिकृत जितेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तालिमपछि व्यवसाय सञ्चालन गर्न चाहने सहभागीलाई आवश्यक सहयोग गरिने जानकारी दिइएको थियो ।

प्रशिक्षक गीता थापाले तालिमले किशोरीहरूलाई आत्मनिर्भर बन्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा उनीहरूले प्रशिक्षक तथा परीक्षकको भूमिकासमेत निर्वाह गर्न सक्ने बताउनुभयो ।

सहभागी सुमन पत्थरकटले सिकेको सीपलाई भविष्यमा आयआर्जनको माध्यम बनाउने बताउनुभयो भने पुष्पलता दुबेले तालिमपछि आफ्नै व्यवसाय सञ्चालन गर्ने आत्मविश्वास बढेको प्रतिक्रिया दिनुभयो ।कार्यक्रममा प्रगतिशील युवा क्लबका सचिव बिन्देश्वरी यादवले सिकेको सीपलाई व्यवहारमा सदुपयोग गर्न आग्रह गर्नुभयो । तालिममा विभिन्न वडाका सात जना किशोरीहरूको सहभागिता रहेको थियो ।

  • Related Posts

    कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

    कपिलवस्तु, असार ३१ गतेकपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा अधिवेशनको दोस्रो बैठक बुधबार नगर प्रमुख सुदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ। नगर उपप्रमुख सुनिता गुप्ता, प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, वडा…

    लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

    लुम्बिनी, रुपन्देही ।इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्‍याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

    • By admin
    • July 15, 2026
    • 66 views
    कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

    लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

    • By admin
    • July 13, 2026
    • 125 views
    लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

    लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

    • By admin
    • July 13, 2026
    • 96 views
    लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

    सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

    • By admin
    • July 12, 2026
    • 23 views
    सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

    असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

    • By admin
    • July 3, 2026
    • 94 views
    असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

    संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

    • By admin
    • June 27, 2026
    • 239 views
    संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व