कपिलबस्तु, जेठ ४ गतेकपिलवस्तुको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका विभिन्न सामानसहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल, चाकरचौडा टोलीका अनुसार नियमित सुरक्षा निगरानी तथा जाँचका क्रममा भारतबाट ल्याइँदै गरिएका अवैध सामान बरामद गरिएको हो।
बरामद सामान युपी ५५ एस ४५१५ नम्बरको मोटरसाइकलमार्फत ओसारपसार भइरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।नियन्त्रणमा लिइएको मोटरसाइकल र सामान आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि सुठौली भन्सार कार्यालय पठाइने जानकारी दिइएको छ।
सीमावर्ती क्षेत्रमा पछिल्लो समय अवैध सामान ओसारपसारका गतिविधि बढ्दै गएपछि सुरक्षा निकायले निगरानी थप कडा बनाएको जनाएको छ। सशस्त्र प्रहरी बलले यस्ता अवैध गतिविधिविरुद्ध नियमित रूपमा जाँच तथा निगरानी अभियान सञ्चालन गर्दै आएको बताएको छ।





