कपिलवस्तु अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु, मिर्गौला रोगीलाई ठूलो राहत

कपिलवस्तु, जेठ ६ गतेकपिलवस्तुको तौलिहवास्थित कपिलवस्तु अस्पताल मा बुधबारदेखि हेमोडायलाइसिस सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु ले रिबन काटेर सेवाको शुभारम्भ गरेका हुन्।

सेवा शुभारम्भ कार्यक्रममा मन्त्री सारुले अस्पतालमा डायलाइसिस सेवा सुरु भएसँगै मिर्गौला रोगबाट पीडित बिरामीहरूलाई सहज उपचारको पहुँच प्राप्त हुने बताए।

उनले सरकारी अस्पतालहरूको सेवा गुणस्तरीय बनाउँदै आम नागरिकको विश्वास जित्नुपर्नेमा जोड दिए। साथै, लुम्बिनी प्रदेशका सरकारी अस्पतालहरूमा आधुनिक र नवीन स्वास्थ्य सेवाहरू विस्तार हुँदै गएको जानकारी दिए।कार्यक्रममा पूर्व प्रदेश मन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थी ले सेवा सञ्चालनले यस क्षेत्रका बिरामीहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्दै सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताए।

प्रदेश सभा सदस्य सुधाकर पाण्डेय ले पनि अस्पतालको सेवा स्तरमा उल्लेखनीय सुधार आएको भन्दै थप सहयोगको गर्नुपर्ने बताए।।प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम ले अस्पतालमा सेवा–सुविधा निरन्तर थपिँदै गएको उल्लेख गर्दै अझ प्रभावकारी व्यवस्थापन आवश्यक रहेको बताए।अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट किशोर बन्जाडे का अनुसार लामो प्रयासपछि हेमोडायलाइसिस सेवा सुरु गरिएको हो।

हाल पाँच वटा डायलाइसिस मेसिनमार्फत सेवा प्रदान भइरहेको छ भने २८ जना बिरामी सम्पर्कमा आएका छन्। दुई साताअघिदेखि दुई जना बिरामीको उपचार पनि सुरु भइसकेको उनले जानकारी दिए।

साथै, निकट भविष्यमा सेवा निःशुल्क बनाउने तयारी भइरहेको समेत बताए।२०२८ सालमा स्थापना भएको कपिलवस्तु अस्पतालमा हाल आईसीयू, विशेषज्ञ चिकित्सक, फार्मेसी तथा अत्याधुनिक ल्याबसहितका विभिन्न स्वास्थ्य सेवाहरू उपलब्ध छन्। हेमोडायलाइसिस सेवा थपिएसँगै अस्पतालको सेवा दायरा अझ विस्तार भएको छ।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 84 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 63 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 70 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 77 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल