कार्यवाहक प्रमुख कल्पना हरिजनद्वारा वडा नं. ११ को नवनिर्मित कार्यालय भवन उद्घाटन

कपिलबस्तु, जेठ ७ गतेरुपन्देही :- लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन कार्यक्रम मसिना विचौवापुरमा वडा अध्यक्ष अकरामुद्दीन मुसलमान को अध्यक्षतामा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा नगर कार्यवाहक प्रमुख कल्पना हरिजन ले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली लगायत विभिन्न वडाका जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले नवनिर्मित वडा कार्यालय भवनले सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित तथा नागरिकमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनीहरूले स्थानीय सरकारका सेवाहरूलाई सहज, छिटो र गुणस्तरीय बनाउन भौतिक पूर्वाधारको विकास आवश्यक रहेको धारणा राखेका थिए।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। भवन उद्घाटनसँगै वडा कार्यालयबाट प्रदान गरिने सेवाहरू अझ प्रभावकारी र सहज रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।

Related Posts

कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

कपिलवस्तु, असार ३१ गतेकपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा अधिवेशनको दोस्रो बैठक बुधबार नगर प्रमुख सुदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ। नगर उपप्रमुख सुनिता गुप्ता, प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, वडा…

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी, रुपन्देही ।इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्‍याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

  • By admin
  • July 15, 2026
  • 66 views
कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 125 views
लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 96 views
लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

  • By admin
  • July 12, 2026
  • 24 views
सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

  • By admin
  • July 3, 2026
  • 94 views
असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

  • By admin
  • June 27, 2026
  • 239 views
संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व