वृक्षारोपणविश्व वातावरण दिवसको अवसरमा श्री जनता आधारभूत विद्यालयमा बिरुवा रोपण कार्यक्रम

कपिलवस्तु, जेठ २२ गते। कपिलवस्तुको मायादेवी गाउँपालिका–२ मनखोरिया स्थित श्री जनता आधारभूत विद्यालयमा मनखोरिया वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

दलित सामाजिक विकास केन्द्र र यूनाइटेड मिशन टू नेपाल को संयुक्त साझेदारीमा सञ्चालित “परिवर्तनका लागि बालबालिका, युवा तथा समुदाय (सीवाईसीसी) परियोजना” अन्तर्गत लुम्बिनी युवा समाज कपिलवस्तुको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।

प्रधानाध्यापक नूर आलम मुसलमान जलवायु परिवर्तनका बढ्दो चुनौतीलाई न्यूनीकरण गर्न वृक्षारोपण अभियानलाई निरन्तरता दिन आवश्यक रहेको वातावरणीय सन्तुलन कायम राख्न र भावी पुस्ताका लागि हरियाली संरक्षण गर्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी, लुम्बिनी युवा समाज कपिलवस्तुका अध्यक्ष राहुल प्रसाद गुप्ताले वातावरण संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले युवाहरूमा सामाजिक उत्तरदायित्व तथा वातावरणप्रतिको चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी ,युवा क्लाव का सदस्या तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षण र हरित विकासप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए।आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यालय तथा समुदायस्तरमा वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै जलवायु परिवर्तनका असर न्यूनीकरणमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 73 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 59 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 61 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 74 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल