यसै क्रममा यशोधरा गाउँपालिकाका भावी अध्यक्ष (मेयर प्रत्याशी) अनूपकुमार पाण्डे ले गहिरो दुःख व्यक्त गर्दै पार्टी नेतृत्वलाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन्।

पाण्डेले जारी गरेको प्रतिक्रियामा भनेका छन्, “करिब २५ वर्षदेखि नेपाली कांग्रेसको हित, संगठन विस्तार र जनताको पक्षमा निरन्तर सक्रिय रहँदै आएका व्यक्तिले राजीनामा दिनु अत्यन्त दुःखद विषय हो। पार्टीका दुःख–सुखमा सधैं साथ दिएका, संगठन निर्माणमा योगदान पुर्‍याएका र पार्टीलाई यहाँसम्म बलियो बनाउन भूमिका खेलेका व्यक्तिहरूले आफूलाई उपेक्षित महसुस गर्नुपर्ने अवस्था आउनु चिन्ताजनक छ।”

उनले पार्टीभित्र लामो समयदेखि योगदान दिँदै आएका क्रियाशील सदस्यहरूलाई उचित जिम्मेवारी र सम्मान नदिइएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार पार्टीका निष्ठावान, सक्रिय र संघर्षशील कार्यकर्ताहरूलाई पाखा लगाएर नेताका आसेपासे र निकट व्यक्तिहरूलाई मात्रै अवसर तथा जिम्मेवारी दिने प्रवृत्ति बढ्दै गएको छ।

“वर्षौंसम्म पार्टीको संगठन निर्माण, जनपरिचालन र चुनावी अभियानमा खटिएका कार्यकर्ताहरूलाई बेवास्ता गर्दै पहुँचका आधारमा जिम्मेवारी बाँड्ने कार्यले पार्टी कमजोर बनिरहेको छ। कपिलवस्तु जिल्लाभर यस्तै अवस्था देखिन थालेको छ, जुन अत्यन्त दुःखद र चिन्ताजनक विषय हो,” पाण्डेले बताए।

उनले मोहम्मद वजीह अरशदजस्ता समर्पित नेताहरूले पार्टी छोड्न बाध्य हुनुको वास्तविक कारणबारे नेतृत्वले गम्भीर समीक्षा गर्नुपर्ने बताए। पार्टीभित्र बढ्दो असन्तुष्टि, कार्यकर्ताको मनोबल खस्किँदै जानु तथा अनुभवी नेताहरूको पलायनले संगठनलाई कमजोर बनाउने उनको भनाइ छ।

पाण्डेले थपे, “पार्टीका अनुभवी र सक्रिय कार्यकर्ताहरू एकपछि अर्को गर्दै बाहिरिन थाले भने संगठन कमजोर बन्दै जान्छ। यो केवल एउटा व्यक्तिको राजीनामा मात्र होइन, पार्टीभित्र देखिएको असन्तुष्टि र व्यवस्थापनको संकेत पनि हो।”

उनका अनुसार पार्टी टुक्रिनु वा कमजोर हुनु भन्दा पहिले नेतृत्वले आफ्ना कार्यकर्ता र शुभेच्छुकहरूको भावना बुझ्नुपर्छ। पार्टीलाई बलियो बनाउन योगदान पुर्‍याएका व्यक्तिहरूको सम्मान, उचित मूल्यांकन र संरक्षण गर्न नेतृत्व गम्भीर हुनुपर्ने उनले बताए।

उल्लेखनीय छ कि मोहम्मद वजीह अरशदले आफ्नो राजीनामापत्रमा पार्टीभित्र सम्मान र जिम्मेवारीको अभाव महसुस भएको तथा नेतृत्व शैलीप्रति असहमति रहेको उल्लेख गर्दै पद र साधारण सदस्यता दुवैबाट राजीनामा दिएको जनाएका छन्।

राजीनामाको घटनाले कपिलवस्तु कांग्रेसभित्रको आन्तरिक अवस्था र संगठनात्मक चुनौतीबारे नयाँ बहस सुरु गरेको छ। साथै, अनूपकुमार पाण्डेले पार्टी नेतृत्वलाई समयमै सचेत हुँदै इमानदार, निष्ठावान र क्रियाशील कार्यकर्ताहरूको सम्मान तथा उचित व्यवस्थापन गर्न आग्रह गरेका छन्। अन्यथा आगामी दिनमा यस्ता घटनाहरू दोहोरिने र पार्टी अझ कमजोर बन्दै जाने खतरा रहेको उनले बताएका छन्।

Related Posts

कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

कपिलवस्तु, असार ३१ गतेकपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा अधिवेशनको दोस्रो बैठक बुधबार नगर प्रमुख सुदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ। नगर उपप्रमुख सुनिता गुप्ता, प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, वडा…

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी, रुपन्देही ।इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्‍याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

  • By admin
  • July 15, 2026
  • 66 views
कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 125 views
लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 96 views
लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

  • By admin
  • July 12, 2026
  • 23 views
सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

  • By admin
  • July 3, 2026
  • 94 views
असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

  • By admin
  • June 27, 2026
  • 239 views
संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व