यशोधरा गाउँपालिका वडा नं. १ को नवनिर्मित वडा कार्यालय भवनको शिलान्यास सम्पन्न

कपिलवस्तु, जेठ २४ गते।

कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. १ मा निर्माण हुन लागेको नवनिर्मित वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम आज भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका पूर्व न्याय तथा कानुन मन्त्री माननीय बृजेश कुमार गुप्ता को गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा यशोधरा गाउँपालिका अध्यक्ष शिव दयाल तिवारी , पूर्व प्रदेश सभा सदस्य धर्म बहादुर लाल श्रीवास्तव , वडा नं. १ का वडा अध्यक्ष अब्दुल कयुम मुसलमान, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडा अध्यक्षहरू, बुद्धिजीवी, समाजसेवी, राजनीतिक व्यक्तित्व, सञ्चारकर्मी तथा स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले वडा कार्यालय भवन निर्माणले स्थानीय सरकारको सेवा प्रवाहलाई थप प्रभावकारी, सहज, पारदर्शी तथा जनमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनीहरूले स्थानीय विकास, सुशासन र नागरिकको सहज पहुँचलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता समेत जनाएका थिए।

जनप्रतिनिधि तथा स्थानीय समुदायको साझा प्रयासबाट निर्माण हुन लागेको उक्त भवन वडा नं. १ को समग्र विकास र संस्थागत सुदृढीकरणतर्फको महत्वपूर्ण उपलब्धि मानिएको छ।

कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दै वडा नं. १ का वडा अध्यक्ष अब्दुल कयुम मुसलमान ले विकास, सुशासन र समृद्धिको यात्रामा सबै पक्षको निरन्तर सहयोग, सहकार्य तथा सहभागिताको अपेक्षा गरिएका छन ।

Related Posts

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु, असोज २७ गते । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम) ले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय…

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

कपिलवस्तु असोज २७ गते हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष अस्फाक अहमदले मायादेवी गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। वडाध्यक्ष…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 14, 2026
  • 79 views
मायादेवी ५ का युवा समाजसेवी रविन्द्र यादव (श्याम)द्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

  • By admin
  • October 13, 2026
  • 61 views
मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहमदद्वारा विजयादशमीको शुभकामना व्यक्त

मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • By admin
  • October 13, 2026
  • 65 views
मायादेवी ७ मा निःशुल्क आँखा शिविर २०० जनाले लिए सेवा ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

  • By admin
  • October 10, 2026
  • 22 views
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाइ नगद सहित सम्मान ।

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

  • By admin
  • October 9, 2026
  • 74 views
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित

मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल

  • By admin
  • October 8, 2026
  • 105 views
मायादेवीमा रास्वपाको हामी आउँदै छौँ कार्यक्रम निर्वाचन तयारीदेखि सुशासनसम्म छलफल