कपिलवस्तु भदौ १८ गते ।
कपिलवस्तु कारागारका कैदीबन्दीले भोटेकोशी बाढीपीडितका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।
कारागारका दुई ब्लकमा रहेका ४ सय २२ कैदीबन्दीबाट ६६ हजार रुपैयाँ संकलन भएको थियो। ब्लक नं. १ का चौकीदार प्रेमनाथ त्रिपाठीले व्यक्तिगत रूपमा ३५ हजार १ सय ११ रुपैयाँ थप सहयोग गरेका हुन्।
प्रेमनाथ त्रिपाठीले उक्त संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको बैंक खातामा जम्मा गरी बैंक भौचर प्रमुख जिल्ला अधिकारी जनार्दनलाई बुझाएका छन्।
कारागार प्रशासक मानबहादुर सारूले विपद्को समयमा कैदीबन्दीको सहयोग मानवीय संवेदनाको उदाहरण भएको बताए। विपता मा परेका नागरिकको पीडामा आफ्नो क्षमताअनुसार सहयोग गर्नु सकारात्मक पक्ष भएको उहाँले बताउनुभयो ।






