कपिलवस्तुमा अटोको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

कपिलवस्तु, भदौ १९ गते ।शिवराज नगरपालिका–२, बालापुर मिलनचोकस्थित भित्री सडकखण्डमा अटोको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ।

शुक्रबार बिहान हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह १३७८ नम्बरको अटोले बाटो काट्दै गरेका स्थानीय तिर्सना सेन ठकुरीका ३ वर्षीय छोरा शिवम सेन ठकुरीलाई ठक्कर दिएको थियो।अटोको ठक्करबाट टाउको तथा अनुहारमा चोट लागेका बालकलाई तत्काल चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको थियो।

त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको थियो।बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा चिकित्सकले बालकलाई मृत घोषणा गरेको छ।घटनापछि प्रहरीले अटो र चालक ३४ वर्षीया रुपा वि.क.लाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Related Posts

थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ

राजु चौधरी थारु नेपालको तराई क्षेत्रको इतिहास, संस्कृति, भाषा, परम्परा र सामाजिक विकाससँग थारू समुदायको गहिरो सम्बन्ध रहेको छ । आफ्नै मौलिक पहिचान, श्रम, सीप र संस्कृतिका कारण थारू समुदाय…

दमखमका साथ उपमेयर पदमा दावेदारी प्रस्तुत गर्दै राधेश्वरी बरई

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकामा आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै राधेश्वरी बरईको राजनीतिक सक्रियता र उपमेयर पदप्रतिको दावेदारीले स्थानीय राजनीतिक वृत्तमा चर्चा पाउन थालेको छ। नगरपालिकाको उपमेयर पदका लागि राधेश्वरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ

  • By admin
  • October 29, 2026
  • 102 views
थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ

दमखमका साथ उपमेयर पदमा दावेदारी प्रस्तुत गर्दै राधेश्वरी बरई

  • By admin
  • October 20, 2026
  • 268 views
दमखमका साथ उपमेयर पदमा दावेदारी प्रस्तुत गर्दै राधेश्वरी बरई

शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी(लाला) चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 56 views
शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी(लाला) चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अकरामुद्दीनद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 86 views
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अकरामुद्दीनद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

युवा नेता रजनीकान्त चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 102 views
युवा नेता रजनीकान्त चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री सी.के. गुप्ताद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 88 views
लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री सी.के. गुप्ताद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त