महादेवको मुख्य सडक बेहाल चौडा सडकमा पानी र हिलो दैनिक १ हजारसम्म यात्रु प्रभावित

कपिलवस्तु, भदौ २० गते ।मायादेवी गाउँपालिका ५ महादेवमा पर्ने दोहानीदेखि चाकरचौडा जाने मुख्य सडकको अवस्था वर्षासँगै दयनीय बनेको छ। सडक चौडा भए पनि पानी निकासको उचित व्यवस्था नहुँदा ठाउँ–ठाउँमा पानी जमेको छ भने सडक हिलाम्मे बनेको स्थानीयको गुनासो छ।

स्थानीयका अनुसार उक्त सडकबाट दैनिक करिब ५०० देखि १,००० जनासम्म मानिस आवतजावत गर्ने गरेका छन्। तर सडकमा पानी र हिलो जम्दा पैदलयात्री, साइकल, मोटरसाइकल तथा अन्य सवारीसाधनलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ।

स्थानीयले सडकको अवस्था सुधार र पानी निकासको व्यवस्था गर्न वडा कार्यालय तथा मायादेवी गाउँपालिकाका सम्बन्धित जनप्रतिनिधिलाई पटक–पटक जानकारी गराउँदा समेत प्रभावकारी पहल हुन नसकेको गुनासो गरेका छन्।स्थानीयको प्रश्न छ सडक चौडा भएर मात्रै विकास हुन्छ कि जनतालाई सहज रूपमा हिँड्न मिल्ने सडक पनि चाहिन्छ?

वडा अध्यक्ष र मायादेवी गाउँपालिका अध्यक्षको मुख्य जिम्मेवारीमध्ये जनताको आधारभूत पूर्वाधार तथा सडक समस्याको समाधान गर्नु पनि हो भन्दै स्थानीयले तत्काल सडकको हिलो र पानीको समस्या समाधान गर्न माग गरेका छन्।

मुख्य सडककै यस्तो हालत भएपछि स्थानीयले प्रश्न गर्न थालेका छन् मायादेवी ५ महादेवको विकास आखिर कहाँ छस्थानीयले अब आश्वासनभन्दा तत्काल पानी निकास सडक मर्मत तथा स्थायी स्तरोन्नतिको काम अघि बढाउन वडा र गाउँपालिका नेतृत्वसँग माग गरेका छन्।

Related Posts

थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ

राजु चौधरी थारु नेपालको तराई क्षेत्रको इतिहास, संस्कृति, भाषा, परम्परा र सामाजिक विकाससँग थारू समुदायको गहिरो सम्बन्ध रहेको छ । आफ्नै मौलिक पहिचान, श्रम, सीप र संस्कृतिका कारण थारू समुदाय…

दमखमका साथ उपमेयर पदमा दावेदारी प्रस्तुत गर्दै राधेश्वरी बरई

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकामा आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै राधेश्वरी बरईको राजनीतिक सक्रियता र उपमेयर पदप्रतिको दावेदारीले स्थानीय राजनीतिक वृत्तमा चर्चा पाउन थालेको छ। नगरपालिकाको उपमेयर पदका लागि राधेश्वरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ

  • By admin
  • October 29, 2026
  • 102 views
थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ

दमखमका साथ उपमेयर पदमा दावेदारी प्रस्तुत गर्दै राधेश्वरी बरई

  • By admin
  • October 20, 2026
  • 268 views
दमखमका साथ उपमेयर पदमा दावेदारी प्रस्तुत गर्दै राधेश्वरी बरई

शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी(लाला) चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 56 views
शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी(लाला) चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अकरामुद्दीनद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 86 views
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अकरामुद्दीनद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

युवा नेता रजनीकान्त चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 102 views
युवा नेता रजनीकान्त चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री सी.के. गुप्ताद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 88 views
लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री सी.के. गुप्ताद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त