महादेवको मुख्य सडक बेहाल चौडा सडकमा पानी र हिलो दैनिक १ हजारसम्म यात्रु प्रभावित

कपिलवस्तु, भदौ २० गते ।मायादेवी गाउँपालिका ५ महादेवमा पर्ने दोहानीदेखि चाकरचौडा जाने मुख्य सडकको अवस्था वर्षासँगै दयनीय बनेको छ। सडक चौडा भए पनि पानी निकासको उचित व्यवस्था नहुँदा ठाउँ–ठाउँमा पानी जमेको छ भने सडक हिलाम्मे बनेको स्थानीयको गुनासो छ।

स्थानीयका अनुसार उक्त सडकबाट दैनिक करिब ५०० देखि १,००० जनासम्म मानिस आवतजावत गर्ने गरेका छन्। तर सडकमा पानी र हिलो जम्दा पैदलयात्री, साइकल, मोटरसाइकल तथा अन्य सवारीसाधनलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ।

स्थानीयले सडकको अवस्था सुधार र पानी निकासको व्यवस्था गर्न वडा कार्यालय तथा मायादेवी गाउँपालिकाका सम्बन्धित जनप्रतिनिधिलाई पटक–पटक जानकारी गराउँदा समेत प्रभावकारी पहल हुन नसकेको गुनासो गरेका छन्।स्थानीयको प्रश्न छ सडक चौडा भएर मात्रै विकास हुन्छ कि जनतालाई सहज रूपमा हिँड्न मिल्ने सडक पनि चाहिन्छ?

वडा अध्यक्ष र मायादेवी गाउँपालिका अध्यक्षको मुख्य जिम्मेवारीमध्ये जनताको आधारभूत पूर्वाधार तथा सडक समस्याको समाधान गर्नु पनि हो भन्दै स्थानीयले तत्काल सडकको हिलो र पानीको समस्या समाधान गर्न माग गरेका छन्।

मुख्य सडककै यस्तो हालत भएपछि स्थानीयले प्रश्न गर्न थालेका छन् मायादेवी ५ महादेवको विकास आखिर कहाँ छस्थानीयले अब आश्वासनभन्दा तत्काल पानी निकास सडक मर्मत तथा स्थायी स्तरोन्नतिको काम अघि बढाउन वडा र गाउँपालिका नेतृत्वसँग माग गरेका छन्।

Related Posts

घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

सुरेश कुमार पाण्डेय – कपिलवस्तु–१ मा रास्वपाको जितपछि मायादेवीमा नयाँ बहस, पुराना कार्यकर्ताको योगदान कि बाहिरबाट आउने दाबेदार?कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कपिलवस्तुमा आफ्नो राजनीतिक उपस्थिति बलियो बनाउँदै…

शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–८, विशुनपुर। श्री बालज्योति माध्यमिक विद्यालय, विशुनपुरमा कक्षा ११ सञ्चालन भएपछि अध्ययन सुरु गर्ने पहिलो विद्यार्थीहरूलाई शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले उज्ज्वल भविष्यको शुभकामना…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

  • By admin
  • September 14, 2026
  • 478 views
घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

  • By admin
  • September 14, 2026
  • 40 views
शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग

  • By admin
  • September 14, 2026
  • 53 views
तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग

तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन

  • By admin
  • September 13, 2026
  • 88 views
तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन

भोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोग

  • By admin
  • September 12, 2026
  • 98 views
भोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र  कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोग

बाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोग

  • By admin
  • September 11, 2026
  • 39 views
बाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोग