महाराजगन्जमा निःशुल्क आँखा शिविर, १ हजार १५० भन्दा बढी लाभान्वित

कपिलवस्तु, भदौ २१ गते ।महाराजगन्ज नगरपालिकाले सञ्चालन गरेको निःशुल्क आँखा शिविरबाट १ हजार १५० भन्दा बढी नागरिक लाभान्वित भएका छन् ।

नगरपालिकाको आयोजना तथा छन्द कालेबाबू नारायणी आँखा अस्पताल, बहादुरगन्जको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा आँखा परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो शिविरमा परीक्षण गराएका बिरामीमध्ये १५० भन्दा बढी मोतियाबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको नगरपालिकाले जनाएको छ

आर्थिक अवस्था कमजोर तथा अस्पतालसम्म सहज पहुँच नभएका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरबाट ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिकसहित विभिन्न उमेर समूहका नागरिकले सेवा लिएका थिए ।

नगर प्रमुख अब्दुल कलामले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो उहाँले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिइने बताउनुभयो ।

महाराजगन्ज १ का वडाध्यक्ष प्रमोद चौधरीले गाउँघरमै निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा पाएपछि स्थानीयवासीलाई ठूलो राहत पुगेको बताउनुभयो । विशेषगरी मोतियाबिन्दु भएका ज्येष्ठ नागरिकका लागि शिविर प्रभावकारी भएको उहाँको भनाइ छ ।शिविरमा आँखा परीक्षणका क्रममा पहिचान भएका मोतियाबिन्दुका बिरामीको आवश्यक परीक्षणपछि शल्यक्रिया गरिएको थियो ।

Related Posts

थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ

राजु चौधरी थारु नेपालको तराई क्षेत्रको इतिहास, संस्कृति, भाषा, परम्परा र सामाजिक विकाससँग थारू समुदायको गहिरो सम्बन्ध रहेको छ । आफ्नै मौलिक पहिचान, श्रम, सीप र संस्कृतिका कारण थारू समुदाय…

दमखमका साथ उपमेयर पदमा दावेदारी प्रस्तुत गर्दै राधेश्वरी बरई

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकामा आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै राधेश्वरी बरईको राजनीतिक सक्रियता र उपमेयर पदप्रतिको दावेदारीले स्थानीय राजनीतिक वृत्तमा चर्चा पाउन थालेको छ। नगरपालिकाको उपमेयर पदका लागि राधेश्वरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ

  • By admin
  • October 29, 2026
  • 102 views
थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ

दमखमका साथ उपमेयर पदमा दावेदारी प्रस्तुत गर्दै राधेश्वरी बरई

  • By admin
  • October 20, 2026
  • 268 views
दमखमका साथ उपमेयर पदमा दावेदारी प्रस्तुत गर्दै राधेश्वरी बरई

शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी(लाला) चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 56 views
शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी(लाला) चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अकरामुद्दीनद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 86 views
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अकरामुद्दीनद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

युवा नेता रजनीकान्त चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 102 views
युवा नेता रजनीकान्त चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री सी.के. गुप्ताद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 88 views
लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री सी.के. गुप्ताद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त