भोटेकोशी बाढीपीडितको शोकमा मायादेवी गाउँपालिका, झुकाइयो राष्ट्रिय झण्डा

कपिलवस्तु, भदौ २२ गते ।रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ज्यान गुमाएका नागरिकप्रति सम्मान तथा शोक व्यक्त गर्दै सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवसका अवसरमा कपिलवस्तुको मायादेवी गाउँपालिकाले राष्ट्रिय झण्डा आधा झुकाएको छ।

सरकारको निर्णयअनुसार भदौ २२ गते देशभर राष्ट्रिय शोक दिवस मनाइएको हो। सोही अवसरमा मायादेवी गाउँपालिकाको कार्यालय परिसरमा गाउँपालिका अध्यक्ष वलिउद्धिन खानको उपस्थितिमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादव, योजना शाखाका रामकृष्ण तेली, इन्जिनियर मनोज चौधरी, सब–इन्जिनियर कौशल चौधरी, रोजगार शाखा प्रमुख सुरेन्द्र चौधरी, सूचना प्रविधि अधिकृत रामचन्द्र चौधरी, लेखा अधिकृत जटाशंकर पाण्डेयलगायत गाउँपालिकाका अधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियोगत भदौ १० गते रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो।

बाढीपछि उद्धार, खोजी तथा राहत कार्यलाई तीव्रता दिइएको थियो।बाढीमा ज्यान गुमाएका नागरिकको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउँदै देशभरका सरकारी कार्यालय मा राष्ट्रिय झण्डा आधा झुकाइएको हो।मायादेवी गाउँपालिकाले पनि सरकारको निर्णयलाई आत्मसात् गर्दै राष्ट्रिय झण्डा आधा झुकाएर विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाएको छ।

राष्ट्रिय शोकका अवसरमा झण्डा आधा झुकाउनु विपद्मा ज्यान गुमाएका नागरिकप्रति राज्यको सम्मान र दुःखमा राष्ट्र एकसाथ उभिएको सन्देशका रूपमा लिइएको छ।

Related Posts

थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ

राजु चौधरी थारु नेपालको तराई क्षेत्रको इतिहास, संस्कृति, भाषा, परम्परा र सामाजिक विकाससँग थारू समुदायको गहिरो सम्बन्ध रहेको छ । आफ्नै मौलिक पहिचान, श्रम, सीप र संस्कृतिका कारण थारू समुदाय…

दमखमका साथ उपमेयर पदमा दावेदारी प्रस्तुत गर्दै राधेश्वरी बरई

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकामा आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै राधेश्वरी बरईको राजनीतिक सक्रियता र उपमेयर पदप्रतिको दावेदारीले स्थानीय राजनीतिक वृत्तमा चर्चा पाउन थालेको छ। नगरपालिकाको उपमेयर पदका लागि राधेश्वरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ

  • By admin
  • October 29, 2026
  • 102 views
थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ

दमखमका साथ उपमेयर पदमा दावेदारी प्रस्तुत गर्दै राधेश्वरी बरई

  • By admin
  • October 20, 2026
  • 268 views
दमखमका साथ उपमेयर पदमा दावेदारी प्रस्तुत गर्दै राधेश्वरी बरई

शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी(लाला) चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 56 views
शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी(लाला) चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अकरामुद्दीनद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 86 views
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अकरामुद्दीनद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

युवा नेता रजनीकान्त चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 102 views
युवा नेता रजनीकान्त चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री सी.के. गुप्ताद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 88 views
लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री सी.के. गुप्ताद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त