भोटेकोशी बाढीपीडितको शोकमा मायादेवी गाउँपालिका, झुकाइयो राष्ट्रिय झण्डा

कपिलवस्तु, भदौ २२ गते ।रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ज्यान गुमाएका नागरिकप्रति सम्मान तथा शोक व्यक्त गर्दै सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवसका अवसरमा कपिलवस्तुको मायादेवी गाउँपालिकाले राष्ट्रिय झण्डा आधा झुकाएको छ।

सरकारको निर्णयअनुसार भदौ २२ गते देशभर राष्ट्रिय शोक दिवस मनाइएको हो। सोही अवसरमा मायादेवी गाउँपालिकाको कार्यालय परिसरमा गाउँपालिका अध्यक्ष वलिउद्धिन खानको उपस्थितिमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादव, योजना शाखाका रामकृष्ण तेली, इन्जिनियर मनोज चौधरी, सब–इन्जिनियर कौशल चौधरी, रोजगार शाखा प्रमुख सुरेन्द्र चौधरी, सूचना प्रविधि अधिकृत रामचन्द्र चौधरी, लेखा अधिकृत जटाशंकर पाण्डेयलगायत गाउँपालिकाका अधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियोगत भदौ १० गते रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो।

बाढीपछि उद्धार, खोजी तथा राहत कार्यलाई तीव्रता दिइएको थियो।बाढीमा ज्यान गुमाएका नागरिकको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउँदै देशभरका सरकारी कार्यालय मा राष्ट्रिय झण्डा आधा झुकाइएको हो।मायादेवी गाउँपालिकाले पनि सरकारको निर्णयलाई आत्मसात् गर्दै राष्ट्रिय झण्डा आधा झुकाएर विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाएको छ।

राष्ट्रिय शोकका अवसरमा झण्डा आधा झुकाउनु विपद्मा ज्यान गुमाएका नागरिकप्रति राज्यको सम्मान र दुःखमा राष्ट्र एकसाथ उभिएको सन्देशका रूपमा लिइएको छ।

Related Posts

घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

सुरेश कुमार पाण्डेय – कपिलवस्तु–१ मा रास्वपाको जितपछि मायादेवीमा नयाँ बहस, पुराना कार्यकर्ताको योगदान कि बाहिरबाट आउने दाबेदार?कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कपिलवस्तुमा आफ्नो राजनीतिक उपस्थिति बलियो बनाउँदै…

शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–८, विशुनपुर। श्री बालज्योति माध्यमिक विद्यालय, विशुनपुरमा कक्षा ११ सञ्चालन भएपछि अध्ययन सुरु गर्ने पहिलो विद्यार्थीहरूलाई शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले उज्ज्वल भविष्यको शुभकामना…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

  • By admin
  • September 14, 2026
  • 478 views
घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

  • By admin
  • September 14, 2026
  • 40 views
शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग

  • By admin
  • September 14, 2026
  • 53 views
तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग

तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन

  • By admin
  • September 13, 2026
  • 88 views
तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन

भोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोग

  • By admin
  • September 12, 2026
  • 97 views
भोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र  कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोग

बाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोग

  • By admin
  • September 11, 2026
  • 39 views
बाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोग