रुपन्देही भदौ २४ गते । बाढी तथा पहिरोका कारण प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीबाट राहत सामग्रीसहितको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिका ३ का वडाध्यक्ष अकरामुद्दीन नाउ मुसलमान, वडा सदस्य तथा लुम्बिनी नव युवा क्लबका अध्यक्ष अहमद हुसेन, लुम्बिनी शाक्यमुनि वृद्ध अनाथ आश्रमका अध्यक्ष ओमकार पाण्डे, उपाध्यक्ष नागेन्द्र धवललगायतको टोली मंगलबार राहत सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ गएको हो।
टोलीले २१० परिवारका लागि ओढ्ने–ओछ्याउने सामग्री, बालबालिकाका कपडालगायतका अत्यावश्यक सामग्री लिएर गएको जनाएको छ।विपद्का कारण समस्यामा परेका परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताइएको छ।
विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै राहत अभियान अघि बढाइएको आयोजकले जनाएको छ।






