विपद्मा साथ दिँदै कालिका स्वावलम्बन केन्द्र, उद्धार कोषमा १ लाख ५५ हजार सहयोग

कपिलवस्तु, भदौ २४ गते । कपिलवस्तुको तौलिहवास्थित कालिका स्वावलम्बन सामाजिक केन्द्रले विपद्मा परेका नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ।

केन्द्रका अध्यक्ष मन्दिप सिंह, कार्यकारी निर्देशक रामेन्द्र सिंह रावललगायतको टोलीले सहयोग रकम जम्मा गरेको भौचर कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई हस्तान्तरण गरेको हो।

कार्यकारी निर्देशक रावलका अनुसार केन्द्रको साझेदारीमा फेयरमेड फाउन्डेसनअन्तर्गत सञ्चालित प्रेरणा परियोजनामार्फत यसअघि पनि २ लाख २५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको थियो।भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा थप सहयोग पुगोस भन्ने उद्देश्यले पछिल्लो सहयोग गरिएको केन्द्रले जनाएको छ।

विपद्का समयमा प्रभावित परिवारको पीडामा साथ दिँदै सामाजिक संस्थाका तर्फबाट सक्दो सहयोग गर्दै आएको केन्द्रले जनाएको छ। केन्द्रको यो सहयोगले विपद्का बेला सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेको छ।

Related Posts

घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

सुरेश कुमार पाण्डेय – कपिलवस्तु–१ मा रास्वपाको जितपछि मायादेवीमा नयाँ बहस, पुराना कार्यकर्ताको योगदान कि बाहिरबाट आउने दाबेदार?कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कपिलवस्तुमा आफ्नो राजनीतिक उपस्थिति बलियो बनाउँदै…

शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–८, विशुनपुर। श्री बालज्योति माध्यमिक विद्यालय, विशुनपुरमा कक्षा ११ सञ्चालन भएपछि अध्ययन सुरु गर्ने पहिलो विद्यार्थीहरूलाई शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले उज्ज्वल भविष्यको शुभकामना…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

  • By admin
  • September 14, 2026
  • 478 views
घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

  • By admin
  • September 14, 2026
  • 40 views
शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग

  • By admin
  • September 14, 2026
  • 53 views
तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग

तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन

  • By admin
  • September 13, 2026
  • 88 views
तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन

भोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोग

  • By admin
  • September 12, 2026
  • 98 views
भोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र  कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोग

बाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोग

  • By admin
  • September 11, 2026
  • 39 views
बाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोग