धनकौली स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा, स्थानीयलाई सहज स्वास्थ्य सुविधा

कपिलवस्तु, भदौ २३ गते । बुद्धभूमि नगरपालिका–१० स्थित धनकौली स्वास्थ्य चौकीमा पोर्टेबल अल्ट्रासाउन्ड (USG) मेसिन ल्याइएको छ।

लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बुटवलबाट प्राप्त मेसिन स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो।वडाध्यक्ष सन्दीप पाण्डेको पहल तथा प्रदेश सरकारसँगको समन्वयमा मेसिन ल्याइएको हो। गर्भवती महिलालाई स्थानीयस्तरमै सहज रूपमा स्वास्थ्य परीक्षण गराउने उद्देश्यले मेसिन ल्याइएको वडाध्यक्ष पाण्डेले बताए।

मेसिन सञ्चालनका लागि आवश्यक तालिम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्था गरी गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउन्ड सेवा प्रदान गर्ने तयारी गरिएको छ।

यसबाट आर्थिक रूपमा कमजोर तथा स्वास्थ्य संस्थासम्म पहुँचमा समस्या भएका गर्भवती महिलालाई विशेष राहत पुग्ने अपेक्षा गरिएको छ।समयमै गर्भावस्थाको अवस्था पहिचान गरी आवश्यक उपचार तथा परामर्श उपलब्ध गराउन यस सेवाले सहयोग पुग्ने विश्वास गरिएको छ।

  • Related Posts

    घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

    सुरेश कुमार पाण्डेय – कपिलवस्तु–१ मा रास्वपाको जितपछि मायादेवीमा नयाँ बहस, पुराना कार्यकर्ताको योगदान कि बाहिरबाट आउने दाबेदार?कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कपिलवस्तुमा आफ्नो राजनीतिक उपस्थिति बलियो बनाउँदै…

    शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

    कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–८, विशुनपुर। श्री बालज्योति माध्यमिक विद्यालय, विशुनपुरमा कक्षा ११ सञ्चालन भएपछि अध्ययन सुरु गर्ने पहिलो विद्यार्थीहरूलाई शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले उज्ज्वल भविष्यको शुभकामना…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

    • By admin
    • September 14, 2026
    • 478 views
    घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

    शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

    • By admin
    • September 14, 2026
    • 40 views
    शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

    तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग

    • By admin
    • September 14, 2026
    • 53 views
    तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग

    तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन

    • By admin
    • September 13, 2026
    • 88 views
    तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन

    भोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोग

    • By admin
    • September 12, 2026
    • 98 views
    भोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र  कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोग

    बाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोग

    • By admin
    • September 11, 2026
    • 39 views
    बाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोग