सुठौली–तौलिहवा सडकमा अव्यवस्थित पार्किङ रोक्न माग

कपिलवस्तु, भदौ २६ गते ।सुठौली भन्सारदेखि तौलिहवासम्मको मुख्य सडकमा मालवाहक सवारी साधनको अव्यवस्थित पार्किङका कारण दुर्घटना तथा जामको जोखिम बढेको भन्दै स्थानीय युवा तथा समाजसेवीहरूले तत्काल व्यवस्थापन गर्न माग गरेका छन् ।

युवा समाजसेवी रूपक बनियाको नेतृत्वमा गएको युवाहरूको टोलीले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापन पत्र बुझाउँदै सुठौली भन्सारदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय तौलिहवासम्मको सडक खण्डमा हुने अनियन्त्रित पार्किङ नियन्त्रण गर्न माग गरेको हो ।ज्ञापन पत्रमा भन्सारबाट जाँचपास भई आउने–जाने ट्रक, टेलर तथा कन्टेनरलगायतका ठूला मालवाहक सवारी साधन मुख्य सडकको दुवैतर्फ घण्टौँसम्म पार्किङ गर्ने गरेको उल्लेख छ ।

सडकमा सवारी साधन तेर्स्याएर राख्दा सडक साँघुरो हुने र साना सवारी, मोटरसाइकल तथा पैदल यात्रु दुर्घटनाको जोखिममा पर्ने बताइएको छ ।अव्यवस्थित पार्किङका कारण एम्बुलेन्स, दमकल तथा सर्वसाधारणका सवारी साधनसमेत जाममा पर्ने समस्या रहेको भन्दै तत्काल सडक खाली गराउन माग गरिएको छ ।

साथै सडक किनारमा जथाभावी गाडी राखिँदा स्थानीयको आवतजावत तथा दैनिक जीवनयापनमा समेत समस्या भएको जनाइएको छ ।युवाहरूले भन्सारबाट क्षमताभन्दा बढी भार बोकेका ओभरलोड मालवाहक सवारी साधनको जाँचपास नियन्त्रण, भन्सार तथा यातायात कार्यालयको प्रक्रिया छिटो र व्यवस्थित बनाउन तथा मालवाहक सवारीको लामो लाइन सडकमा लाग्ने अवस्था अन्त्य गर्न माग गरेका छन् ।

त्यसैगरी सवारी साधन रोक्नुपर्ने स्थान नजिकै व्यवस्थित पार्किङ स्थल वा यार्ड निर्माण, सुठौली–तौलिहवा सडक खण्डलाई ‘नो पार्किङ जोन’ घोषणा, सडकमा खडा गरिएका सवारी तत्काल हटाउने र नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्न माग गरिएको छ ।

ओभरलोडका कारण सडकमा क्षमताभन्दा बढी भार परी सडक समयअगावै जीर्ण हुने समस्या रहेको भन्दै प्रभावकारी अनुगमन र कारबाही गर्न पनि उनीहरूले आग्रह गरेका छन् । रातिको समयमा दुर्घटना न्यूनीकरणका लागि जोखिमपूर्ण मोड तथा सडक खण्डमा हाइवे लाइट र स्पष्ट ट्राफिक संकेत बोर्ड राख्नुपर्ने मागसमेत गरिएको छ तौलिहवा बजारमा बढ्दै गएको अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमणको समस्या समाधान गर्न पनि प्रशासनको ध्यानाकर्षण गराइएको छ ।

ज्ञापन पत्रमा मागहरू तत्काल सम्बोधन नभए स्थानीय बासिन्दा तथा सर्वसाधारणको जीवन रक्षाका लागि चरणबद्ध रूपमा शान्तिपूर्ण दबाबमूलक आन्दोलन सञ्चालन गर्न बाध्य हुने चेतावनी दिइएको छ ज्ञापन पत्रमा रूपक बनिया, सुदीप भुसाल, गौरव उपाध्याय, राज बनिया, शिवा गुप्ता, हरिराम जयसवाल, गोरख चौधरी, मिनिष देव मिश्रा र राजेश्वर यादव लगायतले हस्ताक्षर गरेका छन् ।

ज्ञापन पत्रको बोधार्थ जिल्ला प्रहरी कार्यालय, यशोधरा गाउँपालिका, सुठौली भन्सार कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, कपिलवस्तु नगरपालिका तथा यातायात सेवा कार्यालय तौलिहवालाई दिइएको छ ।ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विषयबारे सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । युवाहरूले नागरिकको सास्ती समाधान गर्न आफूहरूले ज्ञापन पत्र बुझाएको बताएका छन् ।

Related Posts

घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

सुरेश कुमार पाण्डेय – कपिलवस्तु–१ मा रास्वपाको जितपछि मायादेवीमा नयाँ बहस, पुराना कार्यकर्ताको योगदान कि बाहिरबाट आउने दाबेदार?कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कपिलवस्तुमा आफ्नो राजनीतिक उपस्थिति बलियो बनाउँदै…

शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–८, विशुनपुर। श्री बालज्योति माध्यमिक विद्यालय, विशुनपुरमा कक्षा ११ सञ्चालन भएपछि अध्ययन सुरु गर्ने पहिलो विद्यार्थीहरूलाई शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले उज्ज्वल भविष्यको शुभकामना…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

  • By admin
  • September 14, 2026
  • 478 views
घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

  • By admin
  • September 14, 2026
  • 40 views
शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग

  • By admin
  • September 14, 2026
  • 53 views
तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग

तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन

  • By admin
  • September 13, 2026
  • 88 views
तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन

भोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोग

  • By admin
  • September 12, 2026
  • 98 views
भोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र  कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोग

बाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोग

  • By admin
  • September 11, 2026
  • 39 views
बाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोग