कपिलवस्तु, भदौ २६ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट आफन्तजन गुमाएका तथा घरबारविहीन भएका पीडित परिवारको राहत तथा उद्धारका लागि कपिलवस्तुको श्री चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहले ५० हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कपिलवस्तु नगरपालिका २ सागरटोलमा रहेको समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत हस्तान्तरण गरेको हो।विपद्को पीडामा परेका परिवारलाई सहयोग पुयाउने उद्देश्यले समूहले आफ्नो तर्फबाट उक्त सहयोग गरेको जनाएको छ।
विपद्को समयमा मानवीय सेवाभावका साथ सहयोग गरेको भन्दै श्री चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहप्रति धन्यवाद व्यक्त गरिएको छ।





