कपिलवस्तु, भदौ २७ गते ।
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी महाबाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि दलित सामाजिक विकास केन्द्र कपिलवस्तु ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ हजार ३०५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बाढीबाट प्रभावित तथा विपद्मा परेका नागरिकको राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले दलित सामाजिक विकास केन्द्र कपिलवस्तु का पदाधिकारी तथा कर्मचारीहरूले व्यक्तिगत रूपमा रकम संकलन गरी उक्त सहयोग गरेका हुन्।
२०२६ सेप्टेम्बर ९ (भदौ २४) मा सहयोग रकम जम्मा गरिएको जनाइएको छ। विपद्को समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै पीडित परिवारको सहयोगमा हातेमालो गर्ने उद्देश्यले सहयोग गरिएको दलित सामाजिक विकास केन्द्र कपिलवस्तु जनाएको छ।
सहयोग अभियानमा सहभागी सम्पूर्ण पदाधिकारी तथा कर्मचारीहरूलाई दलित सामाजिक विकास केन्द्र कपिलवस्तुले धन्यवाद तथा आभार व्यक्त गरेको छ।





