तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन

कपिलवस्तु, भदौ २७।

खाना पकाउने एलपीजी ग्यासको अभाव भइरहेका बेला कपिलवस्तुका विभिन्न क्षेत्रमा तोकिएको बजार मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री–वितरण भइरहेको पाइएको छ। नेपाल आयल निगमले निर्धारण गरेको आधिकारिक मूल्यलाई बेवास्ता गर्दै केही स्थानीय व्यापारी, डिपो तथा सब–डिलरहरूले उपभोक्ताबाट अतिरिक्त रकम असुलिरहेको गुनासो बढेको हो।नेपाल आयल निगमले हाल एलपीजी ग्यासको प्रति सिलिन्डर मूल्य रु २,०६० निर्धारण गरेको छ।

तर बजारमा उपभोक्ताहरूले विभिन्न बहानामा प्रति सिलिन्डर अधिकतम रु २,२५० सम्म तिर्न बाध्य भएको गुनासो गरेका छन्।विशेषगरी ग्यासको अभावलाई अवसर बनाउँदै ढुवानी खर्च, आवश्यक समयमा ग्यास उपलब्ध गराइदिने तथा अन्य खर्चको बहाना बनाएर प्रति सिलिन्डर रु २० देखि रु १९० सम्म अतिरिक्त रकम लिने गरेको पाइएको बताइएको छ।जिल्ला सदरमुकाम तौलिहवा क्षेत्रमा करिब रु २० अतिरिक्त, पश्चिमी क्षेत्र चन्द्रौटा आसपासमा रु ४० अतिरिक्त तथा ठूला व्यापारीहरूले सञ्चालन गरेका भनिएका केही सब–डिलरमार्फत अधिकतम रु १९० सम्म अतिरिक्त रकम लिएर ग्यास बिक्री भइरहेको उपभोक्ताहरूको आरोप छ।

नाम नखुलाउने सर्तमा एक स्थानीय उपभोक्ताले डिपोमा ग्यास लिन जाँदा तोकिएको मूल्यभन्दा बढी रकम माग्ने गरेको बताए। उनका अनुसार अतिरिक्त रकम नदिए ग्यास नपाउने अवस्था रहेको र बाध्य भएर तोकिएको मूल्यभन्दा बढी रकम तिर्नुपरेको छ।उनले भने, “डिपोमा तोकिएकोभन्दा बढी पैसा मागिन्छ।

नदिए ग्यास नै पाइँदैन। सब–डिलरकोमा गयो भने ग्यास सहजै पाइन्छ, तर मूल्य निकै चर्को हुन्छ। यो सरासर कालोबजारी हो।”यता, केही स्थानीय ग्यास बिक्रेतासँग गरिएको कुराकानीमा उनीहरूले ढुवानी भाडासँगै लोड–अनलोड खर्च बढेको, उद्योगबाट प्राप्त हुने कमिसन न्यून रहेको तथा जथाभावी नयाँ डिलर सिर्जना गर्दा बजारमा प्रतिस्पर्धा बढेको कारण अतिरिक्त रकम लिन बाध्य भएको दाबी गरेका छन्।

ग्यासजस्तो अत्यावश्यक वस्तुमा तोकिएको मूल्यभन्दा बढी रकम असुली भइरहेको आरोप लागिरहँदा पनि नियमनकारी निकायबाट प्रभावकारी अनुगमन हुन नसकेको उपभोक्ताहरूको गुनासो छ।

त्यस्तै, सब–डिलरका नाममा बिचौलियाको भूमिका निर्वाह गर्दै अधिकतम मूल्य असुल्नेहरूमाथि तत्काल कारबाही गर्नुको सट्टा सम्बन्धित निकायले संरक्षण गरेको आरोपसमेत उपभोक्ताहरूले लगाएका छन्।अभावको समयमा अत्यावश्यक वस्तुको मूल्य बढाएर उपभोक्तालाई थप आर्थिक भार पार्ने गतिविधि नियन्त्रण गर्न बजार अनुगमनलाई प्रभावकारी बनाउँदै दोषी देखिए कानुनी दायरामा ल्याउन तत्काल कदम चाल्नुपर्ने माग उठेको छ।

Related Posts

थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ

राजु चौधरी थारु नेपालको तराई क्षेत्रको इतिहास, संस्कृति, भाषा, परम्परा र सामाजिक विकाससँग थारू समुदायको गहिरो सम्बन्ध रहेको छ । आफ्नै मौलिक पहिचान, श्रम, सीप र संस्कृतिका कारण थारू समुदाय…

दमखमका साथ उपमेयर पदमा दावेदारी प्रस्तुत गर्दै राधेश्वरी बरई

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकामा आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै राधेश्वरी बरईको राजनीतिक सक्रियता र उपमेयर पदप्रतिको दावेदारीले स्थानीय राजनीतिक वृत्तमा चर्चा पाउन थालेको छ। नगरपालिकाको उपमेयर पदका लागि राधेश्वरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ

  • By admin
  • October 29, 2026
  • 102 views
थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ

दमखमका साथ उपमेयर पदमा दावेदारी प्रस्तुत गर्दै राधेश्वरी बरई

  • By admin
  • October 20, 2026
  • 268 views
दमखमका साथ उपमेयर पदमा दावेदारी प्रस्तुत गर्दै राधेश्वरी बरई

शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी(लाला) चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 56 views
शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी(लाला) चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अकरामुद्दीनद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 86 views
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अकरामुद्दीनद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

युवा नेता रजनीकान्त चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 102 views
युवा नेता रजनीकान्त चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री सी.के. गुप्ताद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 88 views
लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री सी.के. गुप्ताद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त