तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन

कपिलवस्तु, भदौ २७।

खाना पकाउने एलपीजी ग्यासको अभाव भइरहेका बेला कपिलवस्तुका विभिन्न क्षेत्रमा तोकिएको बजार मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री–वितरण भइरहेको पाइएको छ। नेपाल आयल निगमले निर्धारण गरेको आधिकारिक मूल्यलाई बेवास्ता गर्दै केही स्थानीय व्यापारी, डिपो तथा सब–डिलरहरूले उपभोक्ताबाट अतिरिक्त रकम असुलिरहेको गुनासो बढेको हो।नेपाल आयल निगमले हाल एलपीजी ग्यासको प्रति सिलिन्डर मूल्य रु २,०६० निर्धारण गरेको छ।

तर बजारमा उपभोक्ताहरूले विभिन्न बहानामा प्रति सिलिन्डर अधिकतम रु २,२५० सम्म तिर्न बाध्य भएको गुनासो गरेका छन्।विशेषगरी ग्यासको अभावलाई अवसर बनाउँदै ढुवानी खर्च, आवश्यक समयमा ग्यास उपलब्ध गराइदिने तथा अन्य खर्चको बहाना बनाएर प्रति सिलिन्डर रु २० देखि रु १९० सम्म अतिरिक्त रकम लिने गरेको पाइएको बताइएको छ।जिल्ला सदरमुकाम तौलिहवा क्षेत्रमा करिब रु २० अतिरिक्त, पश्चिमी क्षेत्र चन्द्रौटा आसपासमा रु ४० अतिरिक्त तथा ठूला व्यापारीहरूले सञ्चालन गरेका भनिएका केही सब–डिलरमार्फत अधिकतम रु १९० सम्म अतिरिक्त रकम लिएर ग्यास बिक्री भइरहेको उपभोक्ताहरूको आरोप छ।

नाम नखुलाउने सर्तमा एक स्थानीय उपभोक्ताले डिपोमा ग्यास लिन जाँदा तोकिएको मूल्यभन्दा बढी रकम माग्ने गरेको बताए। उनका अनुसार अतिरिक्त रकम नदिए ग्यास नपाउने अवस्था रहेको र बाध्य भएर तोकिएको मूल्यभन्दा बढी रकम तिर्नुपरेको छ।उनले भने, “डिपोमा तोकिएकोभन्दा बढी पैसा मागिन्छ।

नदिए ग्यास नै पाइँदैन। सब–डिलरकोमा गयो भने ग्यास सहजै पाइन्छ, तर मूल्य निकै चर्को हुन्छ। यो सरासर कालोबजारी हो।”यता, केही स्थानीय ग्यास बिक्रेतासँग गरिएको कुराकानीमा उनीहरूले ढुवानी भाडासँगै लोड–अनलोड खर्च बढेको, उद्योगबाट प्राप्त हुने कमिसन न्यून रहेको तथा जथाभावी नयाँ डिलर सिर्जना गर्दा बजारमा प्रतिस्पर्धा बढेको कारण अतिरिक्त रकम लिन बाध्य भएको दाबी गरेका छन्।

ग्यासजस्तो अत्यावश्यक वस्तुमा तोकिएको मूल्यभन्दा बढी रकम असुली भइरहेको आरोप लागिरहँदा पनि नियमनकारी निकायबाट प्रभावकारी अनुगमन हुन नसकेको उपभोक्ताहरूको गुनासो छ।

त्यस्तै, सब–डिलरका नाममा बिचौलियाको भूमिका निर्वाह गर्दै अधिकतम मूल्य असुल्नेहरूमाथि तत्काल कारबाही गर्नुको सट्टा सम्बन्धित निकायले संरक्षण गरेको आरोपसमेत उपभोक्ताहरूले लगाएका छन्।अभावको समयमा अत्यावश्यक वस्तुको मूल्य बढाएर उपभोक्तालाई थप आर्थिक भार पार्ने गतिविधि नियन्त्रण गर्न बजार अनुगमनलाई प्रभावकारी बनाउँदै दोषी देखिए कानुनी दायरामा ल्याउन तत्काल कदम चाल्नुपर्ने माग उठेको छ।

Related Posts

घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

सुरेश कुमार पाण्डेय – कपिलवस्तु–१ मा रास्वपाको जितपछि मायादेवीमा नयाँ बहस, पुराना कार्यकर्ताको योगदान कि बाहिरबाट आउने दाबेदार?कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कपिलवस्तुमा आफ्नो राजनीतिक उपस्थिति बलियो बनाउँदै…

शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–८, विशुनपुर। श्री बालज्योति माध्यमिक विद्यालय, विशुनपुरमा कक्षा ११ सञ्चालन भएपछि अध्ययन सुरु गर्ने पहिलो विद्यार्थीहरूलाई शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले उज्ज्वल भविष्यको शुभकामना…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

  • By admin
  • September 14, 2026
  • 478 views
घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?

शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

  • By admin
  • September 14, 2026
  • 40 views
शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना

तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग

  • By admin
  • September 14, 2026
  • 53 views
तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग

तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन

  • By admin
  • September 13, 2026
  • 89 views
तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन

भोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोग

  • By admin
  • September 12, 2026
  • 98 views
भोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र  कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोग

बाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोग

  • By admin
  • September 11, 2026
  • 39 views
बाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोग