अजमा रामजानकी मन्दिर २०८२ को कार्तिक मेला सम्पन्न

लुम्बिनी सांस्कृतिक नगरपालिका–१२, अजमा | मिति: २०८२ कार्तिक १९

परम्परागत धार्मिक र सांस्कृतिक मूल्यसँग जोडिएको कार्तिक पूर्णिमा (नहान) मेला यस वर्ष पनि लुम्बिनी सांस्कृतिक नगरपालिका–१२, अजमास्थित रामजानकी मन्दिर परिसरमा भव्य रूपमा सम्पन्न भएको छ।

सदियौँदेखि चलिआएको यो मेला आज बिहानैदेखि भक्तजनहरूको ठूलो भीडका साथ सुरु भएको थियो। नहान गर्न र दर्शनका लागि श्रद्धालुहरू बिहानैदेखि लामो लाइनमा उभिएका थिए।

मेलामा लुम्बिनी क्षेत्रका विभिन्न गाउँहरू — अजमा, निपनियाँ, सुनवल, आमहवा, आमा–आमी, भभाई, बन्जरही, वभनी, सुक्रौली, मुडिला, डिह, ओडवलिया, कालिदह, पैसिया, नन्दनगर लगायत स्थानहरूबाट आएका भक्तजनहरूले सहभागिता जनाएका थिए।

त्यस्तै छिमेकी देश भारतका गाउँहरू — लिलाडिह, झंगटी, भुझौली ‘ बूडा बूडी, मझगावां, सलहन्तपुर, फरसादीपुर, ककरहवा, मघरहिया लगायत स्थानहरूबाट पनि हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरू सहभागी भएका थिए।

मेलाको सफल आयोजनाका लागि वडा कार्यालयले विशेष तयारी गरेको थियो। मेलाको शान्ति–सुरक्षा, सरसफाई र व्यवस्थापनका लागि वडा अध्यक्ष श्री हरिकेश लोध र वडा सचिव श्री सुनिल न्यौपानेको अगुवाइमा स्थानीय युवाहरू, प्रहरी प्रशासन तथा सामाजिक संघ–संस्थाहरूले सक्रिय सहयोग पुर्‍याएका थिए।

मेलाको सम्पूर्ण कार्यक्रम शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको वडा कार्यालयले जनाएको छ। कुनै पनि अप्रिय घटना नघटेको र मेलाको पवित्रता कायम रहनु सबैको अनुशासन र सहयोगकै कारण सम्भव भएको बताइएको छ।

धार्मिक आस्था, मेलमिलाप र सांस्कृतिक एकताको प्रतीकका रूपमा यो मेला यस वर्ष पनि सफल र प्रेरणादायी बनेको स्थानीय बासिन्दाहरूले बताएका छन्।

Related Posts

कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

कपिलवस्तु, असार ३१ गतेकपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा अधिवेशनको दोस्रो बैठक बुधबार नगर प्रमुख सुदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ। नगर उपप्रमुख सुनिता गुप्ता, प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, वडा…

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी, रुपन्देही ।इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्‍याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

  • By admin
  • July 15, 2026
  • 66 views
कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 125 views
लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

  • By admin
  • July 13, 2026
  • 96 views
लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

  • By admin
  • July 12, 2026
  • 23 views
सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

  • By admin
  • July 3, 2026
  • 94 views
असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

  • By admin
  • June 27, 2026
  • 239 views
संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व