शिवराज अस्पतालमा अत्याधुनिक EDAN Digital USG मेसिन उद्घाटन, स्वास्थ्य सेवा विस्तारतर्फ ठूलो कदम

कपिलवस्तु, २०८२ चैत ४शिवराज अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले EDAN Digital USG मेसिनको समुद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नव निर्वाचित सांसद अभिषेक प्रताप शाह ले उक्त आधुनिक अल्ट्रासाउण्ड मेसिनको औपचारिक उद्घाटन गर्नुभयो।

कार्यक्रममा कृष्णनगर नगरपालिकाका नगरप्रमुख तथा अस्पतालका अध्यक्ष रजत प्रताप शाह, उपप्रमुख आरती देवी चौधरी, वडा अध्यक्षहरू, विभिन्न जनप्रतिनिधि, अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हरि प्रसाद पाण्डे, वरिष्ठ मेडिकल अधिकृत डा. बिनोद बढई, मेडिकल अधिकृत डा. दुर्गेशलाल चौधरी, डा. बृजेश कुमार जायसवाल, नर्सिङ अधिकृत बिन्दु पुन, प्रशासन प्रमुख रितुराज मिश्र लगायत अस्पतालका सम्पूर्ण कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका अवसरमा सहभागीहरूले नव निर्वाचित सांसद शाहलाई विजयको बधाई तथा अभिनन्दन समेत व्यक्त गरेका थिए।अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हरि प्रसाद पाण्डेले अस्पतालले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै सेवा विस्तारका लागि सांसद शाहको सहयोग अपेक्षा गरिएको बताउनुभयो।समारोहलाई सम्बोधन गर्दै सांसद अभिषेक प्रताप शाह ले शिवराज अस्पतालमा स्वास्थ्य सेवाको गुणस्तर थप अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले निकट भविष्यमा ICU तथा Ventilator सेवा सञ्चालन, विशेषज्ञ चिकित्सकको व्यवस्था र बिरामीलाई सहज तथा गुणस्तरीय उपचार उपलब्ध गराउने योजना रहेको जानकारी दिनुभयो।

साथै, Ventilator सहितको एम्बुलेन्स सेवा पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।यसैगरी, नगरप्रमुख रजत प्रताप शाह ले अस्पतालमा छिट्टै शल्यक्रिया (OT) सेवा सञ्चालन गरिने जानकारी दिँदै स्वास्थ्य सेवामा थप सुधार गरिने बताउनुभयो।

समग्रमा, आधुनिक उपकरणको स्थापनासँगै शिवराज अस्पतालले स्थानीय नागरिकलाई अझ प्रभावकारी, छरितो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास गरिएको छ।

हालै सम्पन्न निर्वाचनबाट निर्वाचित माननीय सांसद श्री अभिषेक प्रताप शाह ज्यूद्वारा उक्त आधुनिक अल्ट्रासाउण्ड मेसिनको उद्घाटन कार्यक्रम सम्पन्न गरियो ।

उक्त कार्यक्रममा कपिलवस्तु क्षेत्र नं. ३ का नव निर्वाचित सांसद_माननीय_अभिषेक_प्रताप_शाह_ज्यू, यस कृष्णनगर नगरपालिकाका नगरप्रमुख तथा यस शिवराज अस्पतालमा का अध्यक्ष श्री_रजत_प्रताप_शाह_ज्यू, नगर उपप्रमुख_श्री_आरती_देवी_चौधरी_ज्यू, वडा अध्यक्षज्यूहरू, विभिन्न जनप्रतिनिधिहरू, अस्पतालका मेडिकल_सुपरिन्टेन्डेन्ट (मेसु) डा_हरी_प्रसाद_पाण्डे_ज्यू,

वरिष्ठ_मेडिकल_अधिकृत_डा_बिनोद_बढई_ज्यू , मेडिकल_अधिकृत_डा_दुर्गेशलाल_चौधरी_ज्यू मेडिकल_अधिकृत_डा_बृजेश_कुमार_जायसवाल_ज्यू_नर्सिङ_अधिकृत_श्री #बिन्दु_पुन_ज्यू, प्रशासन_प्रमुख_श्री_रितुराज_मिश्र_ज्यू, लगायत सम्पूर्ण अस्पताल कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी सबैले नव निर्वाचित माननीय सांसद ज्यूको विजयप्रति हार्दिक बधाई दिदै अभिनन्दन

कार्यक्रम पनि सम्पन्न गरियो ।यस कार्यक्रममा नव निर्वाचित सांसद माननीय श्री अभिषेक प्रताप शाह ज्यूलाई स्वागत गर्दै यस अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा . हरि प्रसाद पाण्डे ज्यूले अस्पताल को सम्पूर्ण टीम गुणस्तर सर्व सुलभ सुविधा को लागि तत्पर रहेको र हाल सम्म कृष्णनगर नगरपालिका बाट संचालित यस शिवराज अस्पताल को सेवा सुविधा विस्तारमा माननीय श्री अभिषेक प्रताप शाह ज्यू को सहयोग को अपेक्षा राख्द छ ।समारोहलाई सम्बोधन गर्दै माननीय

सांसद ज्यूले शिवराज अस्पतालमा स्वास्थ्य सेवाको गुणस्तर अझै अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले निकट भविष्यमा अस्पतालमा ICU तथा Ventilator जस्ता सेवा सञ्चालन गर्ने, विशेषज्ञ_चिकित्सकहरूको व्यवस्था गर्ने तथा बिरामीहरूलाई सहज र गुणस्तरीय उपचार उपलब्ध गराउने योजना रहेको जानकारी दिनुभयो।

साथै, Ventilator सुविधा सहितको एम्बुलेन्स पुनः उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।यसैगरी, यस कृष्णनगर नगरपालिका का नगर प्रमुख श्री रजत प्रताप शाह ज्यूले अस्पतालमा छिट्टै शल्यक्रिया(OT) सेवा सञ्चालनमा ल्याइने बताउँदै

  • Related Posts

    ८५ वर्षीया कर्णकुमारीको प्रेरणादायी दान, जगत्र देवी मन्दिरमा नयाँ समिति गठन

    श्री जगत्र देवी मन्दिर, शिवराज १ नयाँबस्तीको बाह्रौं साधारणसभा तथा चौथो अधिवेशनले विष्णुलाल भारतीको अध्यक्षतामा नयाँ संरक्षण समिति सर्वसम्मत चयन गरेको छ। उपाध्यक्षमा घनश्याम सुबेदी, सचिवमा सम्झना शाही, कोषाध्यक्षमा गीता…

    कपिलवस्तु घटनाः पक्राउ परेका युवाको तत्काल रिहाइ गर्न माग प्रेस विज्ञप्ति

    कपिलवस्तुमा हिन्दु युवाहरू पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेको छ।संस्थाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका–२ मा मन्दिरमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

    • By admin
    • July 15, 2026
    • 66 views
    कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

    लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

    • By admin
    • July 13, 2026
    • 125 views
    लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

    लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

    • By admin
    • July 13, 2026
    • 96 views
    लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

    सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

    • By admin
    • July 12, 2026
    • 23 views
    सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

    असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

    • By admin
    • July 3, 2026
    • 94 views
    असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

    संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

    • By admin
    • June 27, 2026
    • 239 views
    संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व