बैंकदेखि बीमासम्म एकै ठाउँमा: चन्द्रौटामा वित्तीय जागरूकता अभियान

कपिलवस्तुको चन्द्रौटामा Global Money Week को अवसरमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र सहकारी संस्थाहरूले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेका छन्।

“Learn, Save and Earn” भन्ने मूल नारासहित आयोजना गरिएको उक्त प्रभातफेरी चन्द्रौटा बजार क्षेत्रमा निकालिएको थियो। कार्यक्रममा सहभागीहरूले विभिन्न सन्देशमूलक प्लेकार्ड र ब्यानरहरू बोकेर वित्तीय साक्षरता, बचतको महत्व तथा आम्दानी व्यवस्थापन सम्बन्धी जनचेतना फैलाएका थिए।

प्रभातफेरीमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र सहकारीका कर्मचारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा “Smart Money Talks” सम्बन्धी जानकारी दिँदै शाइन रेसुङ्गा बैंक चन्द्रौटा शाखा प्रमुख प्रकाश शर्मा र सूर्यज्योति लाइफ इन्सोरेन्स चन्द्रौटा शाखा प्रमुख युवराज पौडेलले वित्तीय अनुशासन, बचत गर्ने बानी र भविष्य सुरक्षित गर्ने उपायबारे प्रकाश पारेका थिए।

उक्त कार्यक्रमले स्थानीय समुदायमा वित्तीय सचेतना अभिवृद्धि गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

  • Related Posts

    ८५ वर्षीया कर्णकुमारीको प्रेरणादायी दान, जगत्र देवी मन्दिरमा नयाँ समिति गठन

    श्री जगत्र देवी मन्दिर, शिवराज १ नयाँबस्तीको बाह्रौं साधारणसभा तथा चौथो अधिवेशनले विष्णुलाल भारतीको अध्यक्षतामा नयाँ संरक्षण समिति सर्वसम्मत चयन गरेको छ। उपाध्यक्षमा घनश्याम सुबेदी, सचिवमा सम्झना शाही, कोषाध्यक्षमा गीता…

    कपिलवस्तु घटनाः पक्राउ परेका युवाको तत्काल रिहाइ गर्न माग प्रेस विज्ञप्ति

    कपिलवस्तुमा हिन्दु युवाहरू पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेको छ।संस्थाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका–२ मा मन्दिरमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

    • By admin
    • July 15, 2026
    • 66 views
    कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

    लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

    • By admin
    • July 13, 2026
    • 125 views
    लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

    लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

    • By admin
    • July 13, 2026
    • 96 views
    लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

    सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

    • By admin
    • July 12, 2026
    • 23 views
    सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

    असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

    • By admin
    • July 3, 2026
    • 94 views
    असार लागेसँगै मायादेवी गाउँपालिकामा कार्यक्रमको बाढी, बजेट सक्ने हतार

    संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व

    • By admin
    • June 27, 2026
    • 239 views
    संघर्षबाट सफलताको यात्रामा राजेश कहाँर: समाजसेवाप्रति समर्पित प्रेरणादायी व्यक्तित्व